सिटी शीर्षस्थानमा उक्लियो

city_on_topलन्डन, १३ मंसिर । साउथह्याम्टनलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा साउथह्याप्टनलाई ३–१ ले हराएको म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको हो । खेलमा सहज जित हात पारेको सिटीले पहिलो हाफको केही समयपश्चात नै खेलमा अग्रता लियो । उसका लागि केभिन डी ब्राउनले अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा नै ब्राउनले म्यानचेस्टर सिटीका लागि गोल गरे ।

खेलको सुरुआतमा नै अग्रता लिएको सिटीले निकै आक्रमक खेल प्रस्तुत ग¥यो । उसका लागि पुनः खेलको २०औँ मिनेटमा फेबियन डेल्फले गोल गरे । डेल्फीको गोलसँगै सिटीको अग्रता दोब्बर पारे । उनको गोलपश्चात पहिलो हाफमा सिटी २–० ले अगाडि रह्यो ।

दोस्रो हाफको केही समयमा नै साउथ ह्याम्टनले पहिलो गोल ग¥यो । त्यसपश्चात उसले सिटीसँगको दुरी २–१ को अवस्थामा पु¥याए । दोस्रो हाफको ४९औँ मिनेटमा शेन लङले साउथह्याप्टनका लागि एक गोल फर्काएका थिए । तथापि ६९औँ मिनेटमा सिटीले तेस्रो गोल गर्दै साउथ ह्यामप्टनसँगको गोलको दुरी बढायो । उसका लागि एलेक्जेन्डर कोलेरोभले गोल गरे । उनीको गोल नै अन्तिम बनेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो । सिटीको १४ खेलबाट २९ अंक भएको छ । १४ खेलबाट २९ अंक नै जोडेको लिसेस्टर सिटी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । १४ खेलबाट २० अंक जोडेको साउथह्यामप्टन नवौँ स्थानमा छ । शनिबार राती नै भएको खेलमा पुछारको एस्टन भिल्ला वाट्फोर्डसँग ३–२ ले पराजित भएको छ । १४ खेलबाट १९ अंक जोडेको वाट्फोर्ड ११औँ स्थानमा छ । पुछारको एस्टन भिल्लाको १४ खेलबाट ५ अंक मात्रै भएको छ । शनिबार राती नै भएको अर्को खेलमा बोर्नमाउथ र एभर्टनले ३–३ को बराबरी खेल्दै अंक बाँडेका छन् । १४ खेलबाट २१ अंक जोडेको एभर्टन सातौँ तथा समान १४ खेलबाट १० अंक जोडेको बोर्नमाउथ १८औँ स्थानमा छ । समान २९ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा छ । शनिबार राती भएको खेलमा लेष्टरले म्यान्चेस्टर युनाइटेडँग १–१ गोलको बराबरी खेलेको हो ।

बराबरीपछि लिसेस्टरले शीर्ष स्थान गुमाएको छ । लिसेस्टरसँगै म्यानचेस्टर युनाइटेडले पनि शीर्ष स्थानमा उक्लिने मौका गुमायो । घरेलु मैदानमा भएको खेलको २४औँ मिनेटमा जेमी भर्डीले गोल गर्दै लिसेस्टरलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको ४५औँ मिनेटमा बास्टियान स्वेनस्टाइगरले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो । १४ खेलबाट २९ अंक जोडेको लिसेस्टर म्यानचेस्टर सिटीसँग गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ भने समान १४ खेलबाट २८ अंक जोडेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा छ । शनिबार राती नै भएका खेलमा सन्डरल्यान्डले स्टोकलाई २–० तथा क्रिस्टल प्यालेसले न्युक्यासललाई ५–१ ले हरायो ।

यो खेलमा गोल गरेका लेस्टरका स्ट्राइकर जेमी भार्डीले इंग्लिस प्रिमियर लिग फुटबलको इतिहासमै लगातार ११ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । म्यान्चेस्टर युनाइटेडविरुद्ध गोल गर्दै भार्डीले म्यान्चेस्टर युनाइटेडकै पूर्वखेलाडी रुड भान निस्टलरोयले राखेको लगातार १० खेलमा गोल गर्ने कीर्तिमान तोडेका हुन् । प्रिमियर लिगअन्तर्गत शनिबार रातीका अन्य खेलहरूमा क्रिस्टर प्यालेसले न्युकासल युनाइटेडलाई ५–१ ले हरायो । एभर्टन र बर्नमाउथले भने ३÷३ गोलको बराबरी खेलेका छन् ।

भर्डीको नया“ कीर्तिमान

vardy copyलन्डन । लिसेस्टर सिटीका स्टाइकर जेमी भर्डीले इंग्लिस प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन् । भर्डीले जारी सिजन लिसेस्टरका लागि लगातार ११ खेलमा गोल गर्दै प्रिमियर लिगमा लगातार सबैभन्दा बढी खेलमा गोल गर्ने कीर्तिमान आफ्नो नामा लेखाएका हुन् ।

भर्डीले शनिबार राती म्यानचेस्टर युनाइटेडसँगको खेलमा लिसेस्टरका लागि २४औँ मिनेटमा गोल गरेपछि उनी लगातार धेरै खेलमा गोल गर्ने खेलाडी बने । यसअघि यो कीर्तिमान म्यानचेस्टर युनाइटेडका पूर्वस्टाइकर रुड भान निस्टलरोयको नाममा थियो । उनले सन् २००३ को सिजनमा लगातार १० खेलमा गोल गर्दै कीर्तिमान कायम गरेका थिए ।

भर्डीले ११ खेलमा १३ गोल गरिसकेका छन् । जारी सिजनमा १४ गोल गरेका भर्डी प्रिमियर लिगको सिजनको सर्वाधिक गोलकर्ताको सूचीमा पनि अघि छन् । भर्डीले कीर्तिमान आफ्नो दिमागमा नरहेको बताएका छन् । आफूले राम्रो खेल्न चाहेको बताएका छन् । शनिबार रातीको खेलमा लिसेस्टरले म्यानचेस्टर युनाइटेडलाई १–१ मा रोकेको थियो ।

प्रतिक्रिया