अब सवारीअनुसार पम्प

सरकारी र प्रेसका लागि  सरकारी पम्पहरूबाट

लामो दुरीका लागि
नया“ बसपार्कको पायोनियर, बालाजुको सिटी ट्रेडिङ, बाफलको गणपति, ओम सत्य शाही तथा सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प

मध्यम तथा लामो दुरीका लागि
सामाखुसीको तलेजु भवानी, धुम्बाराहीको एलाइट राजधानी, तिलगंगाको श्रेष्ठ, सिनामंगलको तपस्या र गैरीगाउ“को भ्याली पेट्रोल पम्पबाट

अरनिको यातायातका लागि
लोकन्थलीको सिद्धार्थ, बनेपाको पा“च कुमारी र भगवती, ठिमीको बाग्मती र अजिमा, सल्लाघारीको शान्ति पेट्रोल पम्पबाट

हेटौ“डा जाने टाटासुमोका लागि
कलंकीको सीता, बल्खुको दक्षिणकाली र कीर्तिपुरको रसकटर पम्पबाट

पर्यटक बोक्ने सवारीका लागि
सशस्त्र प्रहरीको हल्चोक, खुसिबुको नेवा ट्रेड, सोह्रखुट्टेको जयकुमारी र ठिमीको जयकुमारी पम्पबाट

कूटनीतिक नियोग र स्कुलका लागि
सशस्त्र प्रहरीको हल्चोक, नेपाल प्रहरीको नक्साल, वसुन्धराको महालक्ष्मी, लगनखेलको शक्तिदेवी, सानेपाको इन्द्रायणी र ठिमीको गुहेश्वरी पम्पबाट

अत्यावश्यक ढुवानीका सवारीका लागि
सानेपाको इन्द्रायणी, ठिमीको गुहेश्वरी, टेकुको नेसनल ट्रोडिङलाई तोकिएको छ भने औषधि ढुवानी, एम्बुलेन्स, दमकल र फोहोरमैलाका गाडीका लागि प्रहरीको नक्साल, स्वयम्भूको साझा र वसुन्धराको महालक्ष्मी पम्पबाट

काठमाडौं, १३ मंसिर । नेपाल आयल निगमले लामो दुरीका सवारीका लागि तेल वितरण गर्न छुट्टै पम्प तोकेको छ । जसअनुसार अब पूर्व–पश्चिमको लामो दुरीमा चल्ने सवारीले नयाँबसपार्कको पायोनियर, बालाजुको सिटी ट्रेडिङ, बाफलको गणपति र ओमसत्य शाही तथा सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्पबाट तेल हाल्न सक्नेछन् । यी मध्ये प्रत्येक दिन कुनै तीन पम्पबाट तेल उपलब्ध हुनेछ ।

यसैगरी मध्यम तथा लामो दुरीका सार्वजनिक सवारीका लागि सामाखुसीको तलेजु भवानी, धुम्बाराहीको एलाइट राजधानी, तिलगंगाको श्रेष्ठ, सिनामंगलको तपस्या र गैरीगाउँको भ्याली पेट्रोल पम्पलाई तेल वितरण गर्ने जिम्मा दिइएको छ । यसैगरी पुरानो बसपार्कबाट छुट्ने अरनिको यातायातका सवारीले लोकन्थलीको सिद्धार्थ, बनेपाको पाँच कुमारी र भगवती, ठिमीको बाग्मती र अजिमा, सल्लाघारीको शान्ति पेट्रोल पम्पबाट तेल पाउनेछन् । हेटौँडा जाने टाटासुमोले कलंकीको सीता, बल्खुको दक्षिणकाली र कीर्तिपुरको रसकटर पम्पमा तेल हाल्न पाउनेछन् । दिनमा यी मध्ये एउटा पम्पले माात्रै तेल वितरण गर्नेछ ।

यसैगरी पर्यटक बोक्ने सवारीका लागि पनि छुट्टै पम्प निर्धारण गरिएका छन् । सशस्त्र प्रहरीको हल्चोक, खुसिबुको नेवा ट्रेड, सोह्रखुट्टेको जयकुमारी र ठिमीको जयकुमारी पम्पमा पर्यटकबाहक सवारीलाई तेल वितरण हुने आयल निगमले जनाएको छ । यस्तै कूटनीतिक नियोग तथा राजदूतावासका सवारी र स्कुल बसहरूलाई सशस्त्र प्रहरीको हल्चोक, नेपाल प्रहरीको नक्साल, वसुन्धराको महालक्ष्मी, लगनखेलको शक्तिदेवी, सानेपाको इन्द्रायणी र ठिमीको गुहेश्वरी पम्पबाट तेल उपलब्ध गराइने भएको छ ।

अत्यावश्यक खाद्यवस्तु, दूध, पानी र तरकारी ढुवानीका सवारीका लागि सानेपाको इन्द्रायणी, ठिमीको गुहेश्वरी, टेकुको नेसनल ट्रोडिङलाई तोकिएको छ भने औषधि ढुवानी, एम्बुलेन्स, दमकल र फोहोरमैलाका गाडीका लागि प्रहरीको नक्साल, स्वयम्भूको साझा र वसुन्धराको महालक्ष्मी पम्पबाट तेल हाल्न पाउनेछन् ।

स्थानीय रुटका सवारीले पायक पर्ने पम्पबाट तेल हाल्न सकिने व्यवस्था गरिएको आयल निगमले जानकारी दिएको छ । सरकारी र प्रेसका सवारीलाई सरकारी पम्पहरूबाट तेल उपलब्ध गराइनेछ ।

प्रतिक्रिया