“कबड्डी कबड्डी” कमाइ करोडमाथि

kabaddi kabaddi copyकाठमाडौं, १३ मंसिर । शुक्रबारबाट देशव्यापी रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’ले २ दिनमा करोडभन्दा बढी ग्रस कलेक्सन गरेको वितरण कम्पनी पपकर्न पिक्चर्सले दाबी गरेको छ ।

काठमाडौंका मल्टिप्लेक्समा सबै सो हाउसफुल भएको यो फिल्मले २ दिनमा नै करोड बढीको बिजनेस गरेको पपकर्न प्रमुख माधव वाग्लेले जानकारी गराए । उनका अनुसार फिल्म ‘कबड्डी कबड्डी’ले रिलिजको पहिलो दिन काठमाडौंमा मात्रै ४० लाख बढीको ग्रस कलेक्सन गरेको थियो ।

वितरक माधवको भनाइअनुसार फिल्म ‘कबड्डी कबड्डी’ले शनिबार मात्रै ६० लाख बढीको बिजनेस गर्न सफल भयो । राजधानीका मल्टिप्लेक्समा राम्रो सो पाए पनि काठमाडौं बाहिर भने यो फिल्मले हल नै धेरै पाएको थिएन । ‘जहाँ लागेको छ, त्यहाँ बिजनेस धेरै राम्रो रहेको पनि वितरक माधवको भनाइ छ । फिल्मले शुक्रबारबाटै प्रदर्शनमा शोभित बस्नेत निर्देशित अर्काे नेपाली चलचित्र ‘जाउँ हिँड पोखरा’ र शुक्रबारबाटै प्रदर्शनमा आएको दीपिका रणवीर स्टार अभिनित ‘तमाशा’ लाई पनि पछि पारेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी’मा दयाहाङ राई, सौगात मल्ल, रिष्मा गुरुङ, विजय बराल, बुद्वि तामाङलगायतका कलाकारहरूको मुख्य भूमिकामा छ ।

प्रतिक्रिया