‘कालो पोथी’ लिएर वेनिशा जापानतिर

काठमाडौं, १३ मंसिर । नायिका वेनिशा हमाल यतिखेर जापानमा छिन् । उनको अभिनय रहेको चलचित्र ‘कालो पोथी’ लिएर उनी जापान गएकी थिइन् । जापानमा एक साता चलेको ‘टोकियो फिल्म फेस्टिबल’मा समेत प्रदर्शन गरिएको थियो । विभिन्न देशका ३० वटा चलचित्रले यो महोत्सवमा सहभागिता जनाएका थिए । जसमध्ये ९ वटा चलचित्र प्रतिस्पर्धामा थिए । जसमध्ये फिल्म ‘कालो पोथी’ले नेपालबाट प्रतिनिधित्व गरेको थियो ।

यो महोत्सवमा नेपालबाट प्रतिनिधित्व गरेको चलचित्र ‘कालो पोथी’ले भने कुनै पनि अवार्ड जित्न नसकेको वेनिशाले जानकारी गराएकी छिन् । चलचित्र प्रदर्शन गरेपछि कलाकार र निर्माण टोलीले दर्शकसँग अन्तत्र्रिmया पनि गरेका थिए । २२ नोभेम्बरबाट सुरु भएको महोत्सव २८ नोभेम्बरमा सकिएको थियो । नायिका वेनिशा हमालले दर्शकले चलचित्र हेरेर सकारात्मक प्रतिक्रिया दिएको बताइन् ।

प्रतिक्रिया