बुर्किना फासोमा संसदीय मतदान

burkina fasoबुर्किना फासो । पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमो पहिलो राष्ट्रपति तथा संसदीय निर्वाचनमा आइतबार बिहानै प्रार्थनापछि मतदाता लामवद्ध भएका छन् । पश्चिम अफ्रिकी जनताको जनआन्दोलनको बलमा लामो समयदेखि सत्ता सम्हाल्दै आएका राष्ट्रपति ब्लेयस कम्पोयरलाई सन २०१४ मा सत्ताच्युत गराएपछि बुर्किना फासोले प्रजातान्त्रिक मताधिकार प्रयोग गर्दै आफ्ना राष्ट्रपति तथा सांसद सदस्यलाई निर्वाचित गर्ने अवसर प्राप्त गरेको हो ।

कम्पोयरले २७ वर्ष लामो अवधिदेखि यहाँको सत्ताको बागडोर सम्हाल्दै आएका थिए । आन्दोलनको बलमा राष्ट्रपति कम्पोयरले प्रजातान्त्रिक अभ्यासद्वारा राष्ट्रलाई अगाडि बढाउन सहमति जनाएपछि बुर्किना फासोका जनता सडक संघर्षलाई अन्त्य गरी शान्ति यात्रामा आएका थिए ।

गत अक्टुबरमा गरिने गरी तोकिएको निर्वाचन विविध कारण देखाई स्थागन गरी पुरानो शक्तिको आडमा ‘कु’ गरी करिब एक हप्ता सेनाले यहाँको प्रशासन सम्हालेको थियो । जन दबाबका कारण ‘कु’ को अन्त्य भएपछि निर्वाचनको मिति नोभेम्बर २९ लाई तोकिएको थियो ।

बुर्किना फासोकै इतिहासमा सबैभन्दा प्रजातान्त्रिक अभ्यासद्वारा नेतृत्व चुन्न लागिएको निर्वाचनमा करिब ५० लाख जनताले मताधिकारको प्रयोग गरे । (एजेन्सी)

प्रतिक्रिया