खालिदा जियालाई अदालतमा उपस्थित गराइने

ढाका । बंलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचार आरोपमा सोमबार यहाँको विशेष अदालत सामु उपस्थित गराइने भएको छ । पूर्वप्रधानमन्त्री जियालाई गैरकानुनीरूपमा एक विदेशी ठेकेदार कम्पनीलाई राज्यको ढुकुटीमा घाटा पर्ने गरी ठेक्का सम्झौता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
जियालाई स्थानीय समयअनुसार ११ः३० बजे विशेष अदालत–९ मा उपस्थित गराइने बंगलादेशको प्रतिपक्षी पार्टीका सल्लाहकार सनुल्ला मियाँले बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया