आन्दोलनको विकल्प सोच

मधेस आन्दोलनसँगै जोडिएर आएको भारतीय नाकाबन्दीले यतिखेर मुलुक आक्रान्त बनेको छ । असुरक्षा र इन्धन अभावले मुलुकभरका नागरिक उकुसमुकुसको वातावरणमा बा“च्न बाध्य भएका छन् । यसको असर पहाड र हिमाली क्षेत्रभन्दा तराई–मधेसमै ज्यादा भएको छ । मधेस बन्दले मधेस नै मारमा परेको छ । छुनुपर्नेलाई छोएको छैन नछुनुपर्नेको रोजीरोटी खोसिएको छ । नाकामा धर्ना र आमहड्तालले मधेसका जनता अतिआवश्यक कामका लागि पनि बाहिर जान पाएका छैनन् । यसले सिंगो मधेस एउटा ठूलो बन्दीगृहमा परिणत भएको छ । आमनागरिकले मधेसको माग पूरा गर्ने सामथ्र्य राख्दैनन् । माग सरकार र केही नेतासमक्ष राखिएको हो भने आम जनतालाई दुःख दिने कार्य गर्दा सफलताभन्दा असफलता हात लाग्ने बढी संभावना हुन्छ । अब अति भइसकेको छ मधेसी मोर्चाले आन्दोलनका नाममा आम नागरिकलाई कष्ट दिने खालका कार्यक्रम बन्द गरेर विकल्प सोच्नु आवश्यक छ ।

भारतीय सीमा नाकामा धर्ना र मधेसमा आमहड्तालले भारतले निहु“ पाएको छ । समस्या हामीबाट भएको होइन मधेस आन्दोलनले नै निम्त्याएको भनेर भारतले बारम्बार दोहो¥याउने गरेको छ । यसले आन्दोलनप्रति पनि शंका गर्नेलाई प्रशस्त ठाउ“ दिएको छ । मुलुकभरीका आमनागरिकले यत्रो कष्ट भोग्नु पर्दा पनि सीमा नाकामा धर्ना कायमै रहनु र मधेसमा आमहड्ताल कायमै रहनुले आखिर मोर्चाका नेता कसको अधिकारको कुरा गरिरहेका छन् भन्ने प्रश्न उठनु स्वभाविक हो । यसै पनि केही मानिस मधेसीको राष्ट्रियतामा शंका गरिरहेका छन्, जसले आन्दोलनमा बल प्रयोग गर्नेको मनोबल बढाएको छ । मधेसी आन्दोलनकारी जनताप्रति पूर्ण गैरजिम्मेदार भई सीमामा धर्ना दिएर भारतलाई बाहना दिइरहन्छन् भने यसले उनीहरू स्वयंलाई फाइदा पुग्दैन । यस्तो कार्यले आन्दोलनको मर्म र भावनालाई विषयान्तर गरेको मात्र होइन अधिकारका लागिभन्दै वलिदान दिने ती महान् नेपालीको बलिदानीलाई पनि होच्याएको छ ।

सीमानाकाको धर्ना र निरन्तरको हड्तालले जनता आजित भएका छन् भने सरकारमा बस्नेलाई राष्ट्रियताको भजन गाउ“दै बन्दुक चलाउन बैधता दिएको छ । आन्दोलन भनेको मर्नु र मार्नु मात्रै होइन । मर्नु र मार्ने कामको दोहोरीलाई युद्ध भनिन्छ । मोर्चाले युद्ध भन्न पनि सकेको छैन । तर, उसको तौर तरिका युद्धको अवस्थाको भन्दा कम पनि छैन । एम्बुलेन्स तोडफोड गर्ने, जलाउने, औषधिका ट्रकमा आगजनी गर्ने, मानिसलाई जिउ“दै जलाउने कार्यलाई शान्तिपूर्ण आन्दोलन कसले भन्न सक्छ ? यसले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउ“दैन । आन्दोलन भनेको धर्ना र हड्ताल मात्र होइन । मागहरू इमानदारी र न्यायपूर्ण छन् भने एउटा नेपाल सरकारको चिकित्सक पेसाको जागिरेको एक्लैको आन्दोलनले सिंगो सरकार र संसदलाई हल्लाउन सक्दो रहेछ भन्ने उदाहरण हाम्रै देशमा देखिएकै हो । यसर्थ मोर्चाले पनि अरूलाई कष्ट दिने तरिकाभन्दा आन्दोलनको स्वरूपमा परिवर्तन गरी विकल्प सोच्दा बुद्धिमानी हुनेछ । यसले उसको आन्दोलनको औचित्य र उचाइ दुवै बढाउनेछ ।

प्रतिक्रिया