किरात गणराज्य खोज्दै किराती

gopal-kirati (1)काठमाडौं, १२ मंसिर । एमाओवादीका सचिवालय सदस्य गोपाल किरातीले आत्म निर्णयको अधिकारसहितको स्वायत्त गणराज्यको माग राख्दै किरात गणराज्यको अभियान चलाउने बताएका छन् । काठमाडौंमा किरात फोर्सको अगुवाईमा भएको भेलामा किरात गण राज्यको अवधारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री रहेका किरातीले अहिले बनेको संविधानले नेपालमा रहेका आदीवासी जनजातीहरूको मागलाई खुम्चाइदिएको भन्दै आगामी आन्दोलन आत्मनिर्णयको अधिकारसहित पहिचान खुल्ने स्वायत्त राज्य प्राप्तिका लागि हुने बताए ।

उनले अहिले भएको संविधानलाई संशाोधन गरेर राष्ट्रिय आत्मनिर्णयको अधिकारलाई स्थापित गर्नुपर्ने माग अगाडि सारेका छन् । अभियानको मूल नाराको रूपमै उठाइएको यो विषयलाई एमाओवादीमा समेत छलफलको विषय बनाउने उनले जानकारी दिए । पछिल्लो समयमा गठन भएको मन्त्रिमण्डलप्रति असन्तुष्टी व्यक्त गर्दै उनले समावेशी संविधान भन्ने तर प्रतिनिधित्व गराउन नमान्ने भन्दै आफ्नै पार्टीको नेतृत्वको आलोचनासमेत गरेका थिए ।
भेलामा किरात गणराज्य स्थापनार्थ किरात फोर्सलाई व्यापक विस्तार गर्ने भन्दै उनले भ्र्रष्टचारी, घुसखोरी, तथा कालोबजारी गर्नेलाई जनकारवाही गर्नुपर्ने अवधारणा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया