यायोक्खा काठमाडौंमा दीलिप

काठमाडौं, १२ मंसिर । किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाडौंको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अधिवेशनले दीलिप राईको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
अधिवेशनको उद्घाटन किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष सुमाया राईले गरेकी छन् । कार्यक्रममा बोल्दै अध्यक्ष राईले वर्तमानमा चलिरहेको पहिचानको आन्दोलन अझै अपुरो अधुरो नै रहेकाले किरात राज्य स्थापनार्थ आन्दोलन लाई जारी राख्नु पर्ने बताएकी छन् । यस्तै कार्यक्रमा विभिन्न किराती नेताहरूले राज्यले विभाजन गरेको संघीयताको खाकामा पहिचान हराएकाले यसलाई मुद्दाको रूपमा उठाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया