हात्तीपोलोको उपाधि इएफजीलाई

hattipoloनवलपरासी, ११ मंसिर । नवलपरासीमा भएको ३४औं अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि स्विट्जरल्यान्डको इएफजीले उचालेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा नेपालको टाइगर टप्स टस्कर्सलाई पराजित गर्दै इएफजीले उपाधि उचालेको हो । फाइनल खेलमा इएफजीले टस्कर्सलाई ८–५ गोल अन्तरले पराजित ग-यो ।

जितसँगै स्विट्जरल्यान्डको इएफजीले उपाधि आफ्नो कब्जामा पारेको हो । त्यससँगै नेपालको टाइगर टप्स टस्कर्स उपविजेता चित्त बुझाउन बाध्य भयो । विजेता टोलीलाई एक कार्यक्रमको आयोजना गरी ट्रफी वितरण गरिएको छ । मंसिर ७ गतेबाट सुरु भएको प्रतियोगिता ११ गतेसम्म चलेको थियो । उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको थियो । प्रतियोगितामा नेपाल, स्विट्जरल्यान्ड, श्रीलंका, अमेरिका, इंल्यान्ड, अरेबिया, अस्ट्रेलियालगायत ८ देश सहभागीे थिए ।

प्रतिक्रिया