रुसद्वारा टर्कीसँगको सम्झौता रद्द

russia-turkeyमस्को, १० मंसिर । टर्कीले हालैमात्र रुसको एक युद्धक विमान खसालेकोले टर्की र रुसबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा ठूलो दरार उत्पन्न भएको छ । यसैबीच रुसले टर्कीसँगको आफ्ना सबै व्यापारिक सम्झौताहरूलाई एकतर्फी रूपमा रद्ध गरेको समाचार सार्वजनिक भएको छ । टर्कीले आफ्नो भूभागमा बिनाअनुमति प्रवेश गरेको भन्दै मंगलबार मात्र रुसको एक युद्धक विमान खसालेको थियो ।

सिरियामा रुसले आइएस लक्षित आक्रमण जारी राखेको छ । सो आक्रमणका क्रममा एक विमान सिरियाली भूभागमा नै उडेको रुसी अधिकारीहरूको दाबी छ भने टर्कीले रुसी विमान विगत लामो समयदेखि नै टर्कीको भूभागमा उड्ने गरेको बताएको छ । सिरियमा गत महिनादेखि नै रुसी सेनाले पनि आक्रमणलाई निरन्तरता दिएको छ । जसका कारण आफ्नो भूभागमा रुसका युद्धका विमानहरू प्रवेश गर्ने गरेको अधिकारीहरूको भनाई छ ।

रुसी नागरिकले यहाँको सु–२४ नामक युद्धक विमानलाई गोली हानी खसालिएको प्रति रोष प्रकट गर्दै विरोध स्वरूप प्रदर्शन गरेको मस्कोका सुरक्षा अधिकारीले बताएका छन् । नागरिक तहमा नै यस्ता क्रियाकलापहरू जारी नै रहँदा उता सरकारी स्तरमा पनि एक आपसमा विरोधहरू भइरहेका छन् ।

सो विमानमा दुई जना पाइलट रहेका र एकजनाको ज्यान गएको छ । अर्का एकजना जिवीत पाइलटले टर्कीले आफुहरूलाई कुनै पूर्वजानकारी वा चेतावानीयुक्त सन्देश नै नदिइकनै सो विमानमा हमला गरेको जनाएका छन् ।

जिवीत पाइलटको यो अनुभवपछि झनै यी दुई देशबीच तनाव उत्पन्न भएको हो । यो विमान खसालिएपछि रुसी राष्ट्रपति भ्लालिदिमिर पुटिनले दुर्भाग्यपूर्ण भनी प्रतिक्रिया दिएका थिए ।

उता टर्कीको वायुसेनाले भने उक्त रुसी विमान अन्तर्राष्ट्रिय सीमा कानुनलाई उल्लंघन गर्दै आफ्नो आकाशमा प्रवेश गरेपछि लगातार टर्कीको आकाश छोड्न आह्वान गरिएको तर विमानले टर्कीको उक्त आग्रहलाई बेवास्ता गरेपछि विमानलाई गोली हानी खसालेको बताएको छ । सी राष्ट्रपति पुटिनले आफ्ना नागरिकलाई टर्कीको भ्रमण नगर्न आग्रहसमेत गरिसकेका छन् । राष्ट्रपति पुटिनले हाम्रो विमान खसाल्ने र हाम्रो विमानचालकको हत्या गर्नेजस्तो निन्दनीय काम गरेको भन्दै हालका लागि आवश्यक कदमका रूपमा सो देशमा भ्रमण रद्द गरिएको बताएका छन् ।

उनले बुधबार मात्र एक रुसी टेलिभिजनलाई दिएको अन्तरवार्तामा टर्कीको उक्त कार्य निन्दनीय भएको भन्दै आगामी दिनमा उसले पनि महँगो मूल्य चुकाउनुपर्ने धारणा राखेका थिए ।

उता रुसी नागरिकले पनि रुसको राजधानी मस्कोस्थित टर्कीको राजदूतावास अगाडि सयौँको संख्यामा जम्मा भएर बुधबार प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले बुधबार करिब एक घण्टा ३० मिनेटसम्म दूतावास वरपर प्रदर्शन गरेपछि रुसी प्रहरीले बलपूर्वक प्रदर्शनीस्थल खाली गराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीद्वारा अडियो सार्वजनिक
स्तानबुल । टर्कीको सेनाले सिरियासँगको सीमामा मंगलबार रुसी लडाकु खसालिनु अघि बाटो परिवर्तन गर्न धेरैपटक आग्रह गरिएको श्रव्य सामाग्री (अडियो) सार्वजनिक गरेको छ । तर उक्त घटनामा बाँच्न सफल रुसी लडाकु विमानका कप्तानले त्यस्तो कुनै चेतावनी नपाएको बताएका छन् ।

रुसी लडाकु विमानका कप्तान कन्सन्टीन मुराख्तिनले टर्कीले भनेझैं उसको हवाई क्षेत्र उल्लंघन नभएको रुसी टेलिभिजनलाई बताएका छन् । उद्धारपछि सिरियास्थित एउटा सैन्य अखडा पु¥याइएका कप्तान मुराख्तिनले विमान उडाइरहेको क्षेत्रबारे आफूलाई राम्ररी जानकारी भएको र एक सेकेण्डका लागि पनि टर्कीको हवाई क्षेत्रमा विमान प्रवेश नगरेको बताए । रुसका अनुसार विद्रोही नियन्त्रित सिरियाली क्षेत्रबाट कप्तान मुराख्तिनको उद्धार गरिएको थियो ।

टर्कीले यस्तो अडियो सार्वजनिक गरे पनि रुसी विदेशमन्त्री सेर्गेइ लावरोवले ‘यो नियतपूर्वक गरिएको होइन भन्नेमा हामीलाई गम्भीर शंका छ, यो धेरै मात्रामा नियोजित उक्साहटको रूपमा देखिन्छ’ भनी प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यो नियतपूर्वक गरिएको होइन भन्नेमा हामीलाई गम्भीर शंका छ, यो धेरै मात्रामा नियोजित उक्साहटको रूपमा देखिन्छ ।’

रुसले सेप्टेम्बर महिनायता सिरियाली राष्ट्रपति बशर अल असादका विपक्षीहरूविरुद्ध हवाई हमला गर्दै आएको छ ।

प्रतिक्रिया