कालोबजारीविरुद्ध प्रहरी सक्रिए

काठमाडौं, ९ मंसिर । अभावको मौका छोपी कालोवजारी गरेर उपभोक्ता ठग्नेहरू अहिले त्राहिमाम भएका छन् । राजधानीमा महानगरिय प्रहरीले विशेष अभियान चलाएर धमाधम पक्राउ गर्न थालेपछि उनीहरू त्राहिमाम भएका हुन । बुधवार मात्र पेट्रोल तथा डिजेलको तस्करीमा संलग्न विभिन्न गिरोहलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ ।

परिसरबाट खटिएको विशेष टोलीले तीनकुने, सिनामंगल, सितापाइला, काटेश्वरलगायतका क्षेत्रमा कालोबजारीमा संलग्न समूहलाई इन्धनसहित पक्राउ गरेको हो । प्रहरीले पेट्रोल लिटरको पाँच सय र डिजेल लिटरको ४ सयसम्ममा बिक्रीवितरण गरिरहेको अवस्थामा दर्जनभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले पेट्रोल तथा डिजेलको तस्करी तथा कालोबजारीमा संलग्न गिरोहहरूविरुद्ध विशेष अप्रेशन चलाइएको बताए । उनले कालोबजारीमा प्रहरीले शून्य सहनशिलताको नीतिअनुसार कडा कारबाही अघि बढाएको बताउँदै भने, ‘सिंगो मुलुक नै संकटमा परेका बेला कालोबजारी गरेर कमाउन खोज्नेहरू कोही उम्किन पाउने छैनन् ।’
नेपाल सरकारको नीति अनुसार कालो वजारी गर्नेलाई कानुन वमोजिम कारवाही गर्ने नीतिलाई अवलम्वन गर्न अझ ससक्तरूपमा प्रहरी परिचालन गरिएको एसएसपी थापाले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता उपरीक्षक विश्वराज पोखरेलका अनुसार काँकडभिट्टा देखि काठमाडौंसम्म चल्ने मुनाल यातायात ना ३ ख ३४८१ नम्बरको यात्रुबहाक बसले काँकडभिट्टावाट ड्रम र ग्यालिनहरूमा पेट्रोल, काठमाडांैमा ल्याई पेट्रोल प्रतिलिटर पाँच सय र डिजेल चार सयका दरले विक्रि वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा परिचालित टोलीले बुधबार बससहित केहीलाई पक्राउ गरेको हो ।

तिनकुनेमामा यात्रु वाहक बसले विक्रि वितरण गरिरहेको अवस्थामा नियन्त्रण लिई वसलाइ चेक जाँच गर्ने क्रममा सो वसको छत र वस भित्र बिभिन्न साईजको ड्रम र ग्यालिनमा पेट्रोल दुई हजार एक सय ९० लिटर, डिजेल एक हजार चार सय ६० र मट्टितेल आठ सय ५५ लिटर सहित धनुषाको महेन्द्रनगर नगरपालिका बस्ने विजय यादव, झापाको काँकडभिट्टा वस्ने सवनम आचार्य, सरु तिमिल्सिनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सिनामंगल एलिना ट्राभल्स तथा टुर्समा पेट्रोलको कालोबजारी भैरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको टोलीले एक सय ३५ लिटर पेट्रोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मुलिन मियाँ, ईरसाद अन्सारी, सोहिल अहमद अन्सारी र नसद अन्सारी छन् ।
त्

यस्तै सितापाईला बस्ने वर्ष ३८ को देवक पौडेलले संचालन गरेको गोर्खाली खाद्य स्टोर तथा ग्याँस सप्लायर्समा गजुरीबाट गिता ग्याँस ल्याई प्रति ग्याँस आधा सिलिण्डरको एक हजार दुई सय ३० थान सिलिण्डर बिक्री गरी सकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । सुमन बिकले महादेवस्थानमा अवैध रूपमा पेट्रोल बिक्री वितरण गरिरहेको अवस्थामा एक सय ५० लिटर पेट्रोल सहित नियन्त्रणमा लिई कारबाही बढाइएको छ ।

त्यसैगरी प्रहरीले शंखमूल सुरुती मार्गबाट अबैध रूपमा पेट्रोल बिक्री वितरण गरिरहेको अवस्थामा लोकबहादुर श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, मनबीर चौधरी र दिपक मगरलाई ८० लि पेट्रोलसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया