‘मिस्टर नेपाल २०१६’ पुसमा

Mr-Nepal-3काठमाडौं, ८ मंसिर । एक्सपोज नेपाल डटकमले पुरुषहरूको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ आयोजना गर्ने भएको छ । ‘मिस्टर वल्र्ड २०१६’मा नेपाली युवाले सहभागिता जनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएकोे हो ।

स्वदेशमा आयोजना हुँदै आएको पुरुषहरूको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिस्टर नेपाल’ बिजेताले यस वर्षबाट ‘मिस्टर वल्र्ड’मा सहभागिता जनाउन पाउने व्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिएका छन् । एक्पोज नेपालले विज्ञाप्ति प्रकाशन गर्दै १४औँ संस्करणको ‘मिस्टर नेपाल २०१६’ आगामी फागुनमा हुने जनाएको छ ।

युवाहरूको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगिता सहायकसिद्ध हुने आयोजकले जनाएको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकासमा प्रतियोगिता सहयोगी हुने बताइएको छ । १६ वर्षदेखि ३५ वर्ष ननाघेका युवाहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । काठमाडौं, पोखरा, बिराटनगर, चितवन, धरानलगायत देशका प्रमुख शहरमा आयोजना हुने पहिलो चरणको अडिसनबाट छानिएर आएका प्रतियोगीलाई मात्र अन्तिम स्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ ।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विभिन्न चरणबाट छानिएका ४० देखि ४५ जनालाई अन्तिम प्रतियोगीको रूपमा स्वमिङ, फुटबल, रक क्लाइमिङलगायत विषयमा प्रशिक्षण दिइने छ । सन् २००१ बाट सुरु भएको मिस्टर नेपालमा रोहित थेबे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैले, सुरज चिल्वाल, सन्दिप पोखरेललगायत बिजेता घोषित भइसकेका छन् ।

प्रतिक्रिया