आमाहरूको सक्रियता तीनलाख संकलन

aamale kayako tin lakha.jpegखोटाङ, ८ मंसिर । खोटाङमा एक सामूदायिक अध्ययन केन्द्र निर्माणार्थ स्थानीयबासीले करिब तीन लाख रूपैंयाँ संकलन गरेको छ । जिल्ल्लाका उत्तरी गाबिस खार्मी–९ का आमा समुहको सक्रियतामा ‘मालादिला सामाुदायिक अध्ययन केन्द्र स्थापनाका लागि भनेर देउसी–भैलो तथा साँस्कृतिक र सांगीतिक कार्यक्रम गरी तीन लाख रूपैंयाँ संकलन गरेका हुन् ।

स्थानीय आमा समुह साकेला महिला बिकास समूहको सक्रियतामा आफैले जग्गा खरिद र श्रमदान गरी निर्माण गरेको खार्मी–९ तुर्खास्थित भवनलाई ब्यवस्थित गरी अध्ययन केन्द्रको रूपमा स्थापना गर्न रकम संकलन गरिएको स्थानीय शिक्षक देबकुमार राईले जानकारी दिएका छन् । देशबिदेशको सूचना तथा प्रबिधिलाई ग्रामिण समुदायसँग जोड्दै ग्रामिण बिकासमा जुट्न अध्ययन केन्द्रको स्थापना गर्न लागिएको राईको भनाई छ । राईका अनुसार अध्ययन केन्द्रबाट सूचनाको पहुँच गाउँसम्म पुग्नका साथै बालबालिका, युवा, प्रौढ गरी सबै उमेर समुहलाई अध्ययन गर्न सहज हुनेछ । आमा समुहकै सक्रियतामा निर्मित भवनमा हाल बालबिकास केन्द्र सञ्चालन भईरहेको उनले बताए ।

अध्ययन केन्द्र सञ्चालन भएपछि बालबिकास केन्द्र र अध्ययन केन्द्र दुवै एकै स्थानमा सञ्चालन गरिने उल्लेख गर्दै यसो हँुदा सूचना र शिक्षा आदानप्रदानमा झनै सहज हुने स्थानीयको भनाइ छ । संकलित रकमले केन्द्रको भवनमा ईमेल ईन्टरनेट जडान, फर्निचर ब्यवस्थापन, एलसीडी टीभी तथा कम्प्युटर खरिद गरी जडान गरिने स्थानीयले जनाएका छन् ।

जिल्ला शिक्षा कार्यालयमा दर्ताको प्रक्रिया रहेको अध्ययन केन्द्रको लागि बिभिन्न ब्यक्ति तथा संघ संस्थाले पुस्तक प्रदान गर्ने प्रतिबद्घता जनाएका छन् ।  सोही अध्ययन केन्द्र स्थापनाका लागि हाल भारतको चेन्नईमा शिब योगा केन्द्रका सञ्चालक रहेका स्थानीय नरेन्द्र श्रेष्ठले एकलाख रूपैंयाँ प्रदान गरेका छन् । हालै मात्र गायक सचिन राईको एकल गायन तथा जिल्लामा स्थापित भ¥याङ नाट्य समूहको नाटक प्रस्तुत् भएको थियो । नाट्य समुहले मेम्बर राईको सामाजिक नाटक ‘झुपडीको ब्याथा’ खार्मीमा मञ्चन गरेको थियो ।

प्रतिक्रिया