बुटवल, १९ कात्तिक । जीवनको अन्तरालमा धेरै उत्तारचढावहरु आए । त्यी उत्तारचढावहरुको डटेर सामना गरे तव अनि अहिले जीवनको लगनलाई सहि बाटोमा डोराएका छन् । उनी हुन कलाकार प्रदीप ढकाल ।
भारतको फरीदाबाद हरियाणामा २५ जुन १९६६ मा जन्म लिएका प्रदीप ढकाल अहिले कलाकारिता क्षेत्रमा सक्रिय छन् । कामको शिलसिलामा बुवा नारायणदत्त ढकाल हरियाण रहँदा भारतमै जन्मिएका प्रदिप ०५४ सालमा नेपाल फर्किए र उनी कलाकारिता क्षेत्रमा लागेका व्यक्ति हुन् ।
हायर सेकेण्डरी अध्ययन गरेका उनी आईटिआईमा मोटर मेकानिकको समेत अध्ययन गरेका व्यक्ति हुन् । हाल बुटवल ६ लक्ष्मीनगरमा बस्दै आएका उनले रेडियोबाट आफ्नो कलायात्रा सुरु गरेका हुन् । उनको कलाकारिता अहिले कलिउड, बलिउड हुँदै हलिउड सम्म पुगेको छ । विशेषगरी खलनायकको भुमिकामा पर्दामा देखिने प्रदिप मनिष पन्थको नेपाली चलचित्र ‘हाम्री चेली’ बाट अभियनमा आएका हुन् । सुरुमा बुटवल एफएममा कार्यक्रम प्रस्तोता भई ७ बर्ष सम्म काम गरेका उनले थुप्रै विज्ञापनहरु समेत उत्पादन गरेका थिए ।
लुम्बिनी टिभीमा समेत काम गरेका उनले मनिष पन्थको निर्देशनमा बनेको ‘डिर्भोस, उर्वशी चलचित्रमा भिलेनकै भुमिकामा देखिएका छन् । नेपाली सिरियल ‘यो कस्तो जिवनचक्र’ उनले पहिलो अभिनित नेपाली सिरियल हो । ईन्डीया न्यूजको क्राईम सो मा ‘मास्टर माईन्ड’ सिरियलका लागि समेत काम गरिसकेका उनले त्यस बाहेक अन्र्तराष्ट्रिय यु.के व्याण्डको ‘स्वामीको म्युजिक भिडियो’ मा अभिनय गरेका छन् ।
एक पछि अर्को गर्दै फिल्म र सिरियलमा जमेका प्रदीपले प्रभात सचदेवाको निर्देशनमा बनेको हिन्दी चलचित्र ‘मजमा’ समेत अभिनय गरेका छन् । यो चलचित्र प्रदर्शनमा आउने तयारी अवस्थामा छ । त्यस्तै “एक मुलाकात” चलचित्र पनि उनको सुटिङको क्रममा रहेको उनले जानकारी दिए । सानै देखि अभिनय क्षेत्रमा रुची राख्ने उनले स्कुल पढ्दा रामलिलाहरुमा अभिनय गरेको सुनाए । सुरु सुरुको समयमा कलाकारिताबाट निकै दुःख पाएको बताउँने प्रदिप अहिले भने पहिलेको दुःख विर्साउदै आफु यस पेशाबाट सन्तुष्ट रहेको बताउँछन् । आफ्नो जीवनको १५ बर्ष कलाकारिता क्षेत्रमा विताईसकेका प्रदीप अंग्रेजी चलचित्रमा समेत काम गर्ने योजना रहेको बताए ।
उनले अब प्रदर्शनमा आउँन लागेका चलचित्रहरुबाट आफु झन विश्वस्त रहेको बताए । उनका अब प्रदर्शनमा आउन तयारी रहेका चलचित्रहरुमा सावित्रि खत्रीको ‘काफल पाक्यो’, सुवर्ण थापाको ‘फन्को’, मनोज श्रेष्ठको ‘डि.कम्पनी’ र ‘२७ घण्टा’ नामका चलचित्रहरु प्रर्दशनमा आउन लागेका छन् ।
प्रतिक्रिया