‘मिस्टर नेपाल’ पुषमा

mr-nepalकाठमाडौं, १५ कात्तिक । नेपालको पुरुष सौन्दर्यको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिस्टर नेपाल’ आगामी पुष महिनामा हुने भएको छ । एकसाता अघिबाट काठमाडौंमा फारम वितरण भइरहेको बताउँदै उपत्यका बाहिर पनि छिटै फारम वितरण गरिने एक्स्पोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिएका छन् ।

गतवर्षहरुमा समेत कार्यक्रम गर्दै आएको एक्सपोज नेपालले यो वर्षपनि सबैक्षेत्रलाई समेट्ने जनाएको छ ‘गतवर्ष झै यसवर्ष पनि देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने कोसिस गरेका छौँ ।’ अध्यक्ष शाहीले भने, ‘अहिले काठमाडौँ उपत्यकामा फारम वितरण भइरहेको छ । छिटै मोफसलका प्रमुख पाँच शहरहरुमा फारम वितरण प्रक्रिया अघि बढाउने छौं ।

आबदेन फारम भरे पश्चात दुई चरणमा अडिसन लिइने र फाइनल अडिसनबाट अन्तिम ४० देखि ४५ जना छानिनेछन् । उनीहरुलाई क्लोज क्याम्पमा राखेर विभिन्न प्रशिक्षण दिइने तथा तिनैबाट विजेता घोषणा गर्न अन्तिम प्रतिस्पर्धा हुने छ ।

विजेताले ‘मिस्टर नेपाल २०१६’ को  उपाधिका साथ नगद १ लाख रुपैंया,  नेपाली फिल्ममा मुख्य भूमिकामा अभिनयको अवसर, विभिन्न अन्तर्राष्ट्रिय उत्पादनको ब्रान्ड एम्बेसडर, बिज्ञापन अभिनय अवसर प्राप्त गर्नेछन् । नेपाली फिल्मका वर्तमान नायक जीवन लुइटेल सन् २००२ मा मिस्टर नेपाल बनेपछि नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए ।

सन् २००१ बाट सुरु भएको ‘मिस्टर नेपाल’सन् २००६ पछि विविध कारणले रोकिएको थियो । करिव चारवर्ष रोकिएको ‘मिस्टर नेपाल’ सन् २०११ बाट एक्पोज नेपालले निरन्तर आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया