काठमाडौं, १३ कात्तिक । सिन्धुलीमा ६ महिना देखी संचारमा आंशिक अवरोध रहेको छ । जिल्लाको दरमुकाम सिन्धुलीमाढी र आसपासमा टेलीफोन तथा मोवाईलमा फोनको टावरले काम नगर्दा यस्तो समस्या आएको हो । मुख्यगरी प्रिपेड र पोस्टपेड सिममा यस्तो समस्या आएको स्थानीय सर्वसाधरणले गुनासो गरेका छन् ।
गत चैत्र २९ गते साँझ आएको हुरी वतासको कारण हितलाल श्रेष्ठको घरमा राखिएको टावर ढलेपछि यो समस्या सुरुभएको हो । टेलिफोनको टावर ढलदा श्रेष्ठको घरमा समेत क्षति पुगेको थियो । त्यसबेला ढलेको टावर सम्वन्धीत निकायले मर्मत गर्ने तदारुकता नदेखाएपछि हाल त्यसक्षेत्रका सेवाग्राहीहरु मर्कामा परेका छन ।
टावर ढलेपछि तत्कालका लागि नेपाल टेलिकमले गाडीमाथी अस्थायी टावर राखेर सेवा सुचारु गरेको भएपनि त्यसले सबै क्षेत्रलाई समेटन नसक्दा सास्ती थपिएको हो । राज्यको करोडौ लगानी भएको नेपाल टेलिकमले राम्रो सेवा सूचारु गर्न नसकेपछि स्थानीय सेवाग्राहीहरुले एनसिएल प्रविधिको प्रयोग गर्न थालेका छन् । एनसिएल प्रविधि नीजिक्षेत्रको लगानीमा संचालित प्रविधि हो ।
दूरसञ्चार सेवाको गुणस्तर सुधार्न पटक–पटक नेपाल टेलिकममा अनुरोध गरेपनि प्राधिकरणले चासो नदिएकाले समस्या समाधान नभएको हो । भुकम्पको कारण देखाउदै दुरसंचार कर्मचारीहरु पन्छिने गरेको गुनासो सेवाग्राहिहरुको रहेको छ । दुरसञ्चारबाट वितरित ए.डि.एस.एल. र वाइम्याक्स इन्टरनेट सेवा समेत गुणस्तरहिन रहेको इन्टरनेट ब्यवसायी तथा सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
स्थानीयको उपभोक्ताको गुनासाका बारेमा टेलीका सिन्धुलीका प्रम्ख उपेन्द्रराय यादवले भने अहिले त्यस्तो समस्या नभएको बताए । उनले भने,‘ अलि अघि दुई दिन जस्तो त्यस्तो समस्या जिल्लामा देखीएको थियो ।’ उनले टेलीकमको टावर चैत्र आएको हावाहुरीले ढालेको कारण समस्या देखीएको भन्दै अहिले टावर राख्नको लागि घर नपाएको र चौरमा नै टावर राख्ने व्यवस्था भैरहेकोले समस्या छिटै समाधान हुने बताए ।
प्रतिक्रिया