‘नागरिक’ ट्रेलर सार्वजनिक

nagarik-trailerकाठमाडौं, २९ असोज । कात्तिक २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘नागरिक’ ट्रेलर सार्वनजिक भएको छ ।
विमल पौडेलको निर्देशन रहेको उक्त चलचित्रको ट्रेलरमा वर्तमान राजनीतिक उतारचढावलाई प्रस्तुत् गरिएको छ ।
चलचित्रमा निर्देशक पौडेलले नै कथा लेखेका छन्, भने यस चलचित्रलाई मनु इन्टरटेनमेन्टको ब्यानरमा आयुश्री राजभण्डारी र शर्भानी राज्य दुलालले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता सत्यराज चौलागाइँ हुन् ।
विश्व बस्नेत, राहुल केसी, रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाह, सरिता गिरी, दिव्यदेव पन्तलगायतको मुख्य भूमिका रहेको छ । देशको राजनैतिक परिवेशमा निर्माण गरिएको यस चलचित्रले अहिले देशको राजनीतिक परिवेशको चित्रण गरेको छ ।

प्रतिक्रिया