‘बागमती’ ट्रेलर रिलिज

rajesh 2काठमाडौं, २८ असोज । फिल्मी स्टारडम भने न्यून विन्दुमा रहेका राजेश हमालको ‘बागमती’ ट्रेलर सार्वजनिक भएको छ । वर्तमानमा पनि राजेश हमाल उस्तै चर्चित छन् । तर, हलमा राजेशको फिल्म नदेखिएको लामै भइसकेको छ ।
विवाहपछि उनले पहिलोपटक ‘बागमती’ फिल्म गरेका छन् । दक्षिण भारतीय प्राविधिक र निर्देशकले बनाएको फिल्मको मेकिङ्का कारण राम्रो कमब्याक हुनेमा राजेश विश्वस्त रहेको बताइन्छ ।

यसै वर्ष ‘भैरव’बाट निखिलले धमाकेदार पुनरागमन गरे । यस्तै विराज भट्ट पनि फिल्ममा फर्किने तयारीमा रहेका छन् । राजेश स्वयंले निक्कै आशा गरेको र टिजरले पनि राम्रो प्रतिक्रिया पाएको ‘बागमती’को ट्रेलर रिलिज भएको छ । टिजरले फिल्म पारिवारिक विषयवस्तुमा आधारित रहेको देखाएको छ ।
फिल्ममा राजेशका अलावा अर्का पुराना स्टार शिव श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । फिल्ममा राजेश र शिवसँगै केकी अधिकारी पनि फिल्मकी मुख्य अभिनेत्री हुन् । सार्वजनिक भएको ट्रेलरमा दक्षिण भारतीय फ्लेबर देख्न सकिन्छ ।

प्रतिक्रिया