हट सम्पदा भट्टीकी साहुनी

Sampada copyकाठमाडौं, २७ असोज । नेपाली मोडलिङ क्षेत्रमा हट देखिने सम्पदा बानियाँको जोडदार अभिनय रहेको ‘भट्टीकी साहुनी’ भिडियो सार्वनजिक भएको छ । चलचित्रको पर्दामा नदेखिए पनि सम्पदा केही मोडलहरू म्यूजिक भिडियोबाटै चर्चामा आएकी सम्पदाको मोडलिङ राम्रो रहेको गीतका निर्देशक श्रीधर पौडेलले जानकारी दिएका छन् ।

कमाई नभएपनि चर्चाका लागि म्यूजिक भिडियो बनाउनेहरूको संख्या अहिले निकै बढदो छ । म्यूजिक भिडियोहरूमा अहिले धेरै देखिने मोडल सम्पदाले मोडलिङ गरेको ‘भट्टीकी साहुनी’ बोलको गीतमा अतिस लामाको शब्द र स्वर रहेको छ । गीतमा अतिस लामा र विक्रम थापाको संगीत छ । भिडियोमा किरण लाकौल र सम्पदा बाँनियाले मोडलिङ गरेका छन् ।

अर्जुन पोख्रेलको सम्पादन रहेको भिडियोमा छायांकन तथा निर्देशन श्रीधर पौडेलको छ । श्रीधरले पछिल्लो समय निरन्तर भिडियो निर्देशन गरिरहेका छन् । स्वणिर्म इन्टरटेन्मेन्टले यो भिडियोलाई तयार पारेको हो ।

प्रतिक्रिया