छिमेकीलाई छोडौँ, विकल्प सोचौँ

main_photo_09कुटपिट गर्दै पढाउने शिक्षकबाट उत्पादित विद्यार्थी शिक्षक बन्यो भने ऊ पनि कुटेरै पढाउने संस्कारको हुन्छ । भारतपरस्त मानसिकताले ग्रस्तहरु विदेशी आपूmलाई गुलाम ठान्छन् अनि भारत हामीले रगत पसिना एक गरी कमाएर किनेको इन्धन पनि दयामा भिख दिइएको जस्तै सोच्छ । त्यो पनि भूकम्पले जर्जर अवस्थामा पुगेको नेपालमा नेपालीका महान् पर्व दसैँ तिहारको मुखैमा । अनि साढे आठ वर्षसम्म बन्न नसकेको गणतान्त्रिक संविधान जारी हुँदा आदिकालदेखि स्वतन्त्र सार्वभौम राष्ट्रले छिमेकीको आदेशअनुरूपको संविधान जारी भएन भनेर नाकाबन्दी गर्छ ।

विडम्बनापूर्ण नाकाबन्दीले कुटपिट गरेरै पढाउने शिक्षकको चरित्रलाई उजागर गरेको छ । अर्को विडम्बना के पनि हो भने बुद्धिमान स्वदेशी नेतृत्वले आपूmलाई टोक्न आयो भन्दैमा त्यसैलाई टोक्न जानुभन्दा सुरक्षामा वैकल्पिक उपाय अवलम्बन गर्नु पथ्र्यो । यो सोच नेतृत्वमा पनि देखिएन ।  इन्धन, नुन र पदसँग पानी घाँटी र इज्जत साट्दै देशलाई बर्बाद बनाउन तल्लीन नेतृत्वकै कारण आज छिमेकीले हेप्न सकेको हो । उल्टै जनमानसमा हीनता छर्दै दुई ढुंगाको तरुल, दुई ठूला रुखबिचको सानो बिरुवाले कसरी उक्सन सक्ला र ? भन्दै हातोत्सहित बनाउने कार्य गर्ने गरेको पाइन्छ तर हामी दुई ढुंगाबीचको डाइमन्ड (हिरा) हौं भन्ने सत्यलाई चाहिँ छायामा पार्दै लगिनुको परिणाम पनि जनमानसमा दरिद्र मानसिकताले स्थान ओगट्न सकेको हो ।  अबको हाम्रो लक्ष्य बरु देश सय वर्ष पछाडि फर्किए फर्कियोस् अबको विकास स्वदेशी श्रम, शिप र प्रविधिको जगमा अगाडि बड्नुको विकल्प छैन् । यसका लागि हामीले निम्न विषयमा सोच्नु जरुरी छ ।
स्पष्ट राष्ट्रिय निति :
विशेषगरी पानी, इन्धन र परराष्ट्रसम्बन्धी राष्ट्रिय नीति स्पष्ट बन्नु पर्दछ । जल, जमिन, जंगल जडिबुटी र जनशक्तिलाई कसरी राष्ट्रको हितमा सदुपयोग गर्ने स्पष्ट दीर्घकालीन खाका तयार गर्नु पर्दछ ।

देशभित्र उत्पादन नहुने इन्धन प्रयोगमा कमी :
देशभित्र उत्पादन नहुने इन्धन मात्र होइन, कुनै पनि सामग्री सकेसम्म कम प्रयोग गर्ने गराउने । यसका लागि ठूलाठूला सवारीसाधन मात्र सार्वजनिक सवारीको साधनका रूपमा सञ्चालन गर्ने गर्नु पर्दछ । बरु ससाना सवारी टेक्सी निजी कारको ठाउँमा टोलैपिच्छे न्यूनतम शुल्कमा सार्वजनिक एम्बुलेन्स राख्ने, साइकल, ब्याट्रीबाट चल्ने सवारीसाधन, रिक्सा, ठाउँअनुसार टाँगा, घोडा, खच्चड, बैलगाडा आदि पनि प्रयोग गर्न सकिन्छ ।

aGbsf] df/  g]kfnsf] nflu cfoft ul/Psf] vfgf ksfpg] Uof;sf a'n]6 jL/uGhsf] l;dfjtL{ If]qdf ylGsPsf] b[Zo . ;+ljwfg / k|b]z l;dfªsgsf] lj/f]w ub}{ dw]; s]lGb|t bnsf g]tf tyf sfo{stf{n] jL/uGhsf] Ogjf{l:yt bzuHhf If]qdf wgf{ a;]kl5 $*) a'n]6 Uof; @) lbgb]lv ;LdfIf]qdf ylGsPsf] 5 . tl:a/ M ljhos'df/ dxtf]÷k;f{÷/f;;

वैकल्पिक इन्धनको प्रयोग :
खाना पकाउन वा अन्य कार्यमा वैकल्पिक इन्धन सौर्य ऊर्जा÷वायु ऊर्जा कौसी बार्दली, भएकाले सुधारिएको चुल्हो, भूसे चुल्हो, चार्कोल आदि इन्धन चलाउने जत्ति सक्छ, छिटो स–साना बिजुलीका स्रोत भए पनि निकाल्दै जाने, यदि ठूल–ठुला हाइड्रो पावर निकाल्ने हो भने देशवासीलाई नै सेयर आह्वान गर्ने अन्यथा बढी फाइदा आफ्नो देशलाई जसले दिन्छ, उसैलाई निर्माणको जिम्मा लगाउने गर्नुपर्दछ ।

भू–उययोगी नीति लागु गर्ने :
खाद्यमा आत्मनिर्भरताका लागि भू–उपयोग नीतिअन्तर्गत देशभर जमिन खाली राख्न नपाइने नीति देशभर तत्काल थाल्ने । खेतीयोग्य जमिनमा घर बनाउन नपाइने नीति कार्यान्वयन गर्दै सरकारले कृषकलाई समयमा नै मल, बिउ र सिँचाइको प्रबन्ध गरिदिने नीति ल्याउन सके खाद्य अभावबाट देशलाई विदेशीको गुलाम बन्नुपर्ने स्थिति आउने थिएन । कृषि प्रणालीमा पनि ट्याक्टरभन्दा गोरू÷ राँगा आधुनिक कृषि औजारको प्रयोगबाट गर्ने गराउने गर्नुपर्छ ।

पर्यटन र हस्तकला उद्योगमा विशेष ध्यान :
थोरै लगानीमा कम जोखिमको उद्योग पर्यटन नै हो भने पर्यटकका लागि मात्र होइन कि भाषा, धर्म, संस्कृति अध्ययन गर्न हस्तकला उद्योगले ठूलो भूमिका खेल्दछ । अझ धार्मिक तथा सांस्कृतिक पर्यटकलाई व्यपकता दिनसके आर्थिक मात्र होइन कि भावनात्मक सम्बन्ध सुधारमा समेत योगदान पु¥याउन सहज हुने देखिन्छ । यसका लागि काठमाडौं उपत्यकाका सम्पदाहरू, भगवान बुद्धको जन्मस्थल लुम्बिनी, जनक–जानकीको आदर्शनगर जनकपुर, चितवन, बर्दिया, कोसी राष्ट्रिय निकुञ्ज, विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न चुम्न र दर्शन गर्न आउने स्वदेशी वा विदेशी पर्यटकहरू बढ्दो संख्यामा छन् । पर्यटकलाई स्वदेशी उत्पादित खाद्य परिकार खुवाउने परम्परा बसाउँदै लाने अभियान नै चलाउनु पर्छ ।

सिमाना बन्दै गर्दा उचित :
सुरुमा नेपाली बजारलाई परजीवीकरण गर्दै बिनारोकतोक सामग्री उपलब्ध गराउने अनि जनमानस स्वादे जिब्रे अल्छी तिघ्रे हँुदै जानथालेपछि एक्कासी सीमा नाकाबन्द गरिदिने वा विविध समस्या तेस्र्याएर प्रताडित गर्ने कुसंस्कार नै बनाएका छन् विदेशीहरूले । खुला सिमानाका कारण अवैध धन्दा चलाउनेहरूको पनि बिगबिगी बढ्दो छ, त्यसैले खुला सिमाना माथि प्रतिबन्ध लगाई देशलाई आवश्यक सामग्री मात्र आयात गर्ने अन्यथा स्वदेशी श्रम शिप र प्रविधि प्रयोग गरी देशभित्रै उत्पादनमा लाग्नुपर्ने आजको माग पनि हो । जबसम्म हामी यसले नगरे उसले गर्छ भन्ने परजीवीमुखी स्वभाव कायम राखिरहन्छौँ तबसम्म हामीले रगत पसिना एक गरी कमाएको पैसा विदेशीले उत्पादन गरेका रिजेक्ट सामग्री पाउनमै व्यतित भइरहनुपर्ने निश्चित छ ।

दीर्घकालीन राष्ट्रिय सोच अभाव :
दीर्घकालीन राष्ट्रिय नीति नहुँदा देशभित्र उत्पादितभन्दा आयातीत सात गुणा बढ्दो संख्याले अर्थतन्त्र भयावह बन्दै गइरहेको तथ्य सार्वजनिक भएको छ । देशभित्र उत्पादन नहुने इन्धन, सवारी, मेसिनरी मात्र ६ खर्ब ९४ अर्ब २० करोड रुपैयाँको छ भने त्यसको तुलनामा निर्यात ७७ अर्ब ७४ करोड मात्र हुनुले देशको व्यापर घाटाको भयाभहको स्थितिलाई छर्लंग्याइदिएको छ । भन्सार विभागको तथ्यांकअनुसार खाद्य सामग्री मात्र वर्षको एक खर्ब २७ अर्ब रुपैयाँको आयात गर्छन् भने देशमा खपट हुने राँगाको मासु मात्र ११ अर्ब ४९ करोड ७५ लाख रुपैयाँको आयात गरिन्छ ।

अन्त्यमा हामी विदेशमुखी स्वभाव जबसम्म कायम राखिरहन्छौँ तबसम्म हामीले रगत पसिना एक गरी कमाएको पैसा विदेशीले उत्पादन गरेका रिजेक्ट सामग्री पाउनमै व्यतीत भइरहनु पर्ने निश्चित छ ।

प्रतिक्रिया