सुवास नछर्दै ओइलायो मायाको रहर

पहिले गीत गाउँदा यर्थाथ घटनामा आधारित रहेर हामीले गीत गाउनुपथ्र्यो, अब त गीत गाउन आवाज राम्रो चाहिन्न, पैसा लगानी गरे हुने रहेछ तर त्यस्ता गीतसंगीतले हाम्रो समाजमा खासै प्रभाव पार्छ जस्तो मलाई लाग्दैन । दुःख गछौँ, मेहनत गछौँ, पसिना बगाउँछौँ तर त्यो कुराले समाजका लागि फाइदा पु¥याएन भने कमै चर्चा हुन्छ, त्यसको अस्तित्व कमै हुन्छ ।

अहिले जस्तो छोरीचेलीहरूलाई स्वातन्त्रता थिएन । मनका रहरहरू मनमै गुम्स्याएर राख्नुको विकल्प हुँदैनथ्यो, काठमाडौंवासी अनि धनी र सुविधा सम्पन्न परिवारमा जन्मे पनि पढ्नलेख्न पाइएन । मेरोे बाल्यकाल खेतबारीमा काम गर्ने र भाइबहिनी हेर्नेमै बित्यो ।

Maya Lama _n copyबेनीको बजार जता माया उतै छ नजर
तिरेमिरे जाली रुमाल… ।

१८ वर्षको जोसिलो उमेरमा यो गीत गाउँदा छुट्टै उमंग, जोस थियो, जीन्दगीमा केही गर्ने आँट र अदम्य चाहनाहरु थिए । तिनै चाहनाका साथ गायन क्षेत्रमा होमिएकी गायिका आज ५७ वर्षको पूर्ण वयस्क उमेरमा पनि त्यति नै मिठासपूर्वक गाउँछिन् । अहिले पनि गीत गाउन र नाच्न पाउँदा मक्ख पर्छिन् । जब संगीत गुन्जन सुरु गर्छ अनि गायिक माया लामालाई नाचौँ, नाचौँ, गाऔँ गाऔँ लाग्छ ।

गायिका लामाको अरु गीतले चर्चा कमै पाए तर अथाह श्रोताको मन मुटुमा भने बेनीको बजार बोलको गीत बस्यो । यसले असीमित चर्चा बटुल्यो, समुदायका सबैको मनमा अझै पनि गुञ्जायमान भइरहेको छ । बाटो हिँड्दा, गाडीमा यात्रा गर्दा होस् या चिया पसलमा गफिँदा होस् कुनै समय निकै चर्चा बटुल्न सफल भएको यो गीत आज पनि श्रोताको मन मस्तिष्कमा ताजै छ ।

बालकदेखि वयस्क र वृद्धवृद्धाको ओठमा झुन्डिएको गीत यो गीत चर्चामा आयो, त्यही गीत गाउने गायिका लामाको भने गीत र संगीतको दुनियाँमा अत्तोपत्तो छैन । १८ वर्षको उमेरमा घरबाट भागेर रेडियो नेपालमा २०३१ सालमा रेकर्डिङ गराएको गीत हो यो । पछिल्लो समयमा आधुनिक तबरबाट रिमिक्स बनेपछि धेरै चलचित्रहरूमा ‘बेनीको बजार, मायाको नजर, जाली रुमाल’ जस्ता शब्द धेरै गीतमा राखिएको छ । यो उनको सफलताको नमुना हो ।

गायिका बन्ने उनको रहर थियो तर कहाँ जाने कसरी गीत रेकर्ड गर्ने भन्ने कुराको भने मायालाई थाहा थिएन । उनी आफ्नी बहिनीको होटलमा बहिनीलाई सघाउँदै गीत गुन्गुनाउँथिन्, यसै क्रममा होटलमा खाजा खान आउने एक ग्राहकले उनले गीत गुनगुनाई रहेको सुनेर भनेछन्, ‘तिमी गीत गाउँछ्यौ नानी ?’ यो सोधाइ नै उनका लागि ढुङगा खोज्दा देवता मिले जस्तो भयो । उनले पनि त्यस्तै मान्छे खोजेकी थिइन् तर चिनजान नभएका कारण माया आफ्नो गीत गाउने रहर घरमै गुन्गुननाएर पूरा गर्थिन्, उनीलाई गीत गाउँछ्यौ भनेर सोध्ने पनि संगीतकार नै रहेको पछि मात्र उनले थाहा पाइछिन् ।

एक संगीतकारको भेट नै उनको लागि जीवनमा सार्थक भेट बन्यो र बिस्तारै उनैको सहयोगमा माया रेडियो नेपालमा गीत रेकर्डिङका लागि पुगिन् । मायाको गीत गाउने क्रम वर्ष दिनसम्म मात्रै रह्यो । त्यो एक वर्षसम्म उनले २० वटा भन्दा धेरै गीतहरू रेकर्ड गराएकी छिन् । त्यसमध्ये अहिलेसम्म सबैभन्दा धेरै चर्चा भने बेनीको बजारले पाइरहेको छ ।

मायाले एउटा गीत गाएबापत उनलाई २० रुपैयाँ पाउँथिन् र एक महिनामा २ वटा मात्रै गीत गाउन पाउँथिन् । तैपनि मायाको गीत गाउने क्रम र रहर धेरै समयसम्म टिकेन । गायिका बनेको वर्ष दिनपछि नै विवाहबन्धनमा बाँधिएपछि उनले यो क्षेत्रलाई निरन्तरता दिन सकिनन् ।

त्यस बेलाको समाजमा पनि उनले प्रेम विवाह गरेकी हुन् । पारिवारिक जी, व्यवहारको चटारो सम्हाल्दासम्हाल्दै उनले गीतसंगीतमा समय दिन सकिनन् । यसमा उनको गुनासो बाँकी नै छ ।

आज भन्दा ४२ वर्ष पहिले रेडियो नेपालमा आवाज रेकर्ड गराएकी माया लामा आप्mनो मनको बह यसरी पोख्छिन्, ‘अहिले जस्तो छोरीचेलीहरूलाई स्वातन्त्रता थिएन । मनका रहरहरू मनमै गुम्स्याएर राख्नुको विकल्प हुँदैनथ्यो, काठमाडौँवासी अनि धनी र सुविधा सम्पन्न परिवारमा जन्मे पनि पढ्नलेख्न पाइएन । मेरोे बाल्यकाल खेतबारीमा काम गर्ने र भाइबहिनी हेर्नेमै बित्यो ।’

अमर प्रेमको यो प्रीत तिमीलाई, यो गीत तिमीलाई बोलको गीत उनलाई धेरै मन पर्छ । परिवारले हुर्केबढेको छोरी घरबाहिर निस्कनु हुन्न, छोरी चेलीले धेरै कुरा जान्ने सिक्ने रहर गर्नुहुन्न भनेपछि मायालाई थप संगीत सिक्न आवश्यकता थियो र परिवारबाट त्यो सम्भव नभएर उनलाई रेडियो नेपालमा स्वर परीक्षणमा लैजाने बाजेले नै छिमेकी भाउजूको घरमा लुकीछिपी संगीत सिकाएको घटना उनी झलझली सम्झिन्छिन् ।

उनी जीवन अनुभव सुनाउँछिन्, ‘रेडियो नेपालमा गाएको बेनीको बजार भन्ने गीतले धेरै चर्चा पाएपछि अब यो गीत रेकर्ड गर्ने भन्ने ठूलो इच्छा थियो, रेडियो नेपालमा गीत रेकर्डका लागि राति ११ बजे सुनसानमा गीत गाउनुपर्ने थियो । ६ बजेपछि घरबाट निस्कन नदिने मायाको परिवारले ११ बजे राती गीत गाउन जान दिन्छ भन्ने कल्पना मात्र हुन्थ्यो । परिवारको सहयोग नपाएपछि उनले यो गीतको एल्बम निकाल्न भने पाइनन् । एल्बम निकाल्ने रहर भने आजसम्म पनि रहमै सीमित छ ।

एउटा गीत गाएबापत २० रुपैयाँ पाउँथिन्, सोही सालमा गायन प्रतियोगितामा प्रथम भएपछि उनलाई प्रमाणपत्र र दुई सय रुपैयाँ पनि पुरस्कार स्वारूप प्राप्त भयो । त्यस समयमा त्यो धनराशिको पुरस्कार पाउनु सामान्य थिएन मायाका लागि ।

‘मैले गीत गाउँदा धेरै समस्या भोगेँ, अहिले त आधुनिक स्टुडियो बनेका छन्, सिक्ने अवसर छन्, पैसा भएपछि जान्ने र सिक्ने कुरा प्रशस्तै छन्,’ उनी भन्छिन्, ‘अहिले त मेरो उमेर पनि ५७ वर्ष नाघिसक्यो, मेरो गलाले साथ दियो भने फेरि गीत गाउने रहर छ, भिडियो बनाउने रहर मनमा अझै छ । अहिले संगीत पनि सिकेकी छु ।’ हाल समाजसेवामा संलग्न भएकी माया भन्छिन्, ‘बिहान ५ बजे उठेर बौद्धमा योगा सिकाउनेदेखि विभिन्न संघसंस्थामा आबद्ध भएर समाज सुधारको काम गरिरहेकी छु ।’

मायालाई वर्तमान समयका गीतले मायाको मन छुँदैन बरु उनको मन चसक्क घोच्छ । यसर्थ, अहिलेका गीतसंगीतबाट उनी सन्तुष्ट छैनन् । उनी भन्छिन्, ‘पछिल्लो समय समाजले चाहेको गीत खासै आएको पाइँदैन । गीतसंगीतले समाज परिवर्तनको कुरा गर्नुपर्छ, नजानेका नबुझेको कुरा सिकाउने प्रयास गर्नुपर्छ । त्यस्ता गीतहरू पछिल्लो समयमा कमै आएको मैले पाएकी छु । हामी गीत गाउनकै लागि मरी मेट्थ्यौँ, आवाज चाहिन्थो तर अहिले गीत गाउन र गायक बन्न पैसा भए पुग्नेजस्तै देखिएको छ ।’

उनी राष्ट्र र समाज निर्माणका लागि गीतसंगीतले टेवा पु¥याउनुपर्छ भन्ने मान्यता राख्छिन् । उनको भनाइ छ, ‘पहिले गीत गाउँदा यर्थाथ घटनामा आधारित रहेर हामीले गीत गाउनुपथ्र्यो, अब त गीत गाउन आवाज राम्रो चाहिन्न, पैसा लगानी गरे हुने रहेछ तर त्यस्ता गीतसंगीतले हाम्रो समाजमा खासै प्रभाव पार्छ जस्तो मलाई लाग्दैन । दुःख गर्छाँै, मेहनत गर्छाँँै, पसिना बगाउँछौँ तर त्यो कुराले समाजका लागि फाइदा पु¥याएन भने कमै चर्चा हुन्छ, त्यसको अस्तित्व कमै हुन्छ जस्तो मलाई लाग्छ ।’

प्रतिक्रिया