काठमाडौं । ग्रिनल्यान्ड स्कुलको आयोजनामा तेस्रो क्विइक्स चिजबल ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । धापासीस्थित ग्रिनल्यान्ड स्कुलमा भएको पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला प्याप्सनका अध्यक्ष एवं आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङले विद्यालयस्तरीय प्रतियोगिताबाट मात्र नवप्रतिभाको उत्पादन गर्न सकिने धारण राखे । स्कुल टु ओलम्पिकको नारालाई सार्थक पार्न विद्यालय खेलकुदमा राज्यले विशेषः चासोका साथ लागानी गर्नुपर्ने गुरुङले बताए ।
१ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा १ लाख ७५ हजार खर्च लाग्ने प्रतियोगिता संयोजक विनोद धिमिरेले पत्रकार सम्मेलनमा बताए । सो अवसरमा प्राविधिक संयोजक पूर्ण न्यौपानेले लिग कम नकाउटका आधारमा खेलाइने प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १६ टिम तथा सिनियर ब्वाइजमा २४ टिमको सहभागिता रहेको जानकारी गराए । (सौस)
प्रतिक्रिया