फ्रन्कफर्ट । युरोपियन च्याम्पियनसिप २०१६ को छनोट खेलमा जर्मनीले पोल्यान्डलाई हराएको छ । शुक्रबार राती भएको खेलमा जर्मनीले पोल्यान्डलाई ३–१ ले हराउँदै ‘समूह डी’को शीर्ष स्थानमा उक्लिएको हो ।
जर्मनीका लागि खेलको १२औँ मिनेटमा थोमस मुलरले गोल गर्दै सुरुआती अग्रता दिलाए । १९औँ मिनेटमा मारियो गोटेजले अग्रता दोब्बर पारे । ३६औँ मिनेटमा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । ८२औँ मिनेटमा गोटेजले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–१ को जित दिलाए ।
शनिबार राती नै भएका खेलमा रिपब्लिक अफ आयरल्यान्डले जिब्रालटारलाई ४–०, जर्जियाले स्कटल्यान्ड र फिनल्यान्डले ग्रिसलाई समान १–०, नर्दन आयरल्यान्डले फारो आइल्यान्डलाई ३–१ र सर्बियाले अर्मेनियालाई २–० ले हराएको छ । यस्तै रोमानिया र हंगेरी तथा डेनमार्क र अल्बानियाले गोलरहित बराबरी खेलेका छन् ।
जितसँगै ‘समूह डी’को शीर्ष स्थानमा उक्लिएको जर्मनीको ७ खेलबाट १६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको पोल्यान्डको समान ७ खेलबाट १४ अंक छ । (एजेन्सी)
प्रतिक्रिया