ह्वाइटहाउस र साइपाल फाइनलमा

काठमाडौं । ह्वाइटहाउस र साइपाल कलेज तेस्रो जेभियर इन्टरनेसनल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । बिहीबार भएको महिला यु–१९ तर्पmको पहिलो सेमिफाइनल खेलमा ह्वाइटहाउसले मोर्गन कलेजलाई ३९–२२ ले हराउँदा श्वैता खरेलले १५ स्कोर गरिन् ।

कालोपुलस्थित आयोजक कलेजको कोर्टमा भएको दोस्रो सेमिफाइनलमा साइपालले एनसिसिएसलाई ३५–१६ ले हराउँदा श्रृया खड्काले १० स्कोर गरिन् । (सौस)

प्रतिक्रिया