काठमाडौं । श्रम कार्यालय, विराटनगरका राजकिशोर महतोले निजामति सेवा दिवसको उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगितामा बिहीबार पहिलो स्थान हात पारेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा राजले आयोजक युवा तथा खेलकुद मन्त्रालयका गणेश गुरुङलाई पराजित गरे । सामान्य प्रशासनका टीकाप्रसाद पराजुली र वैदेशिक रोजगारका सुरेन्द्र यन्द्यो संयुक्त रूपमा तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेलाई भदौ २१ गते पुरस्कृत गरिनेछ । त्यसै दिन ट्रेड युनियन ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल पनि हुनेछ ।(सौस)
प्रतिक्रिया