मेरालागि एन्फा नै ठूलो हो : थापा

ganesh-thapaकाठमाडौं, १६ भदौ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले साधारणसभा आपूmहरूले प्रक्रियागत र नियमसम्मत तरिकाले गरेको दाबी गरेको छ । एन्फाले आफ्नो बचाउ गर्दै पुनरावेदन अदालत पाटनले बुधबारको लागि तय भएको अखिल नेपाल फुटबल संघ(एन्फा) को साधारणसभा रोक्न भने पनि त्यसमा कुनै आधार नभएको दाबी गरेको छ ।

सभासद्समेत रहेका एन्फाका अध्यक्ष गणेश थापाले पत्रकारको अदालतको निर्णयमा बोल्न मिल्छ भन्ने प्रश्नमा भने ‘मलाई त्यस्तो कानुन थाहा छैन । तथापि, मेरा लागि अदालतभन्दा एन्फा नै ठूलो हो ।’ यसअघि अखिल नेपाल फुटबल संघ(एन्फा)लाई मंगलबार पुनरावेदन अदालत पाटनले साधारणसभा रोक्न अन्तरिम आदेश दिएको थियो । बुधबार हुने १५औँ साधारणसभामा उपाध्यक्ष विजयनारायण मानन्धर, कर्माछिरिङ शेर्पा र पंकज नेम्वाङले आपूmहरूलाई सूचना नदिइकन साधारणसभा गर्न लागेकोमा सोमबार पाटनमा रिट दिएका थिए ।

उक्त रिटमा मंगलबार सुनुवाई गर्दै पुनरावेदन पाटनका न्यायाधीश मोहनबहादुर कार्कीको एकल इजलासले १७ भदौमा साधारणसभा नगर्न अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशमा साधारणसभा स्थगित गर्दै छलफलका लागि दुबै पक्षलाई १७ गते बोलाइएको छ । साथै अदालतको आदेशमा सुविधा र सन्तुलनको दृष्टिले १७ गतेसम्म साधरणसभा नगर्न आदेश दिइएको छ । अदालतले लिखित जवाफ १५ दिनभित्र पेस गर्न पनि विपक्षीलाई भनेको छ ।

एन्फाले भने आपूmहरूले प्रक्रिया पूरा गरेरै साधारणसभाको आयोजना गरेको भन्दै आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो बचाउ गरेको छ । साधरणसभाविरुद्ध रिट दिने पदाधिकारी एन्फाको बैठकमा चारपटकसम्म अनुपस्थित भएपछि उनीहरूको उपस्थितविना नै साधारणसभाको मिति तय गरिएको एन्फाले जनाएको छ । साथै एन्फाले उनीहरूलाई बोर्ड बैठकबाट नै कारबाही गरेको कारण बोलाउनुपर्ने कुनै आवश्यकता नठानी नबोलाएको जनाएको छ ।

कर्मछिरिङ, विजय र पंकजले विधानअनुसार ६० दिन अगाडि जानकारी नदिएको भनेर रिट दायर गरेका थिए । अदालतले दुवै पक्षलाई भदौ १७ मा छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया