काठमाडौँ, १५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको बैठकले पहिलो यू–१९ साफ च्याम्पियनसिपमा उपाधि विजेता प्रत्येक खेलाडीलाई सम्मान गर्ने लगायत विभिन्न सातवटा महत्वपूर्ण निर्णय गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा बसेको बैठकले खेलाडीहरूको प्रोत्साहन स्वरुप प्रत्येक खेलाडीलाई नगद २ लाखले सम्मान गर्ने जनाएको छ । सो रकम जिल्ला फुटबल सङघबाट एक– एक लाख र विभिन्न प्रायोजकहरूबाट संकलन गर्ने समेत एन्फाले उल्लेख गरेको छ ।
नेपालमा फुटबल विकासका लागि १० पहाडी जिल्लामा अनुदान प्रतिजिल्ला १० लाख दिने, भौतिक पूर्वाधार निर्माण गरेका फुटबल सङघलाई ५ लाख प्रदान गर्ने, एन्फा एकेडमिलाई थप सुधार गर्न मणि कुँवरको अध्यक्षतामा समिति गठन, फुटसल विकासका लागि लोकबहादुर शाहीको सह–संयोजकमा समिति गठन र एन्फामा प्रमूख प्रशिक्षक प्याट्रिक एजम्स र ध्रुव केसीलाई प्राविधिक सल्लाहकारको रुपमा नियूक्ति गरिएको लगायत विभिन्न निर्णय गरिएको जनाएको छ ।
प्रतिक्रिया