मोरङ १४ भदौ । मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा १९ भदौदेखि ५ असोजसम्म रेडबुल राष्ट्रिय लिग २०७२ हुने भएको हो ।
बुद्घ एयर मोरङ ११ फुटवल क्लवसँग राष्ट्रिय स्तरका फुटवल क्लवहरु सुदूर बिस्कुट वेस्टन फुटवल क्लव कैलाली, जगदम्बा फुटवल क्लव लुम्बिनी, रुस्लान ३ स्टार फुटवल क्लव र नेपाल एपिएफ फुटवल क्लव गरी पाँच क्लबहरू सहभागी हुने छन् ।
यस्तो खेल लक्ष्मीमार्ग पहिलो पटक हुन लागेको र यस खेलको स्थानीय व्यवस्थापन डाँगीहाट फुटवल क्लवले गर्ने मोरङ फुटवल संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुजय गौतमले बताए ।
प्रतिक्रिया