काठमाडौं, ५ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसि)विरुद्ध नेपाल कुस्ती संघ आइतबार पुनः अदालत जाने भएको छ ।
संघले अदालतले कुस्ती संघलाई समावेश गराएर मात्र निर्वाचन गराउनू भन्ने आदेश दिँदादिँदै कमिटीले अदालतको निर्णयलाई नै मानहानी हुनेगरी काम गर्न लागेकामा विरोध जनाउँदै एकपटक फेरि अदालत धाउन लागेको जनाएको छ । ओलम्पिक कमिटीको निर्वाचनमा आफूहरूलाई सहभागिता नगराएको भन्दै गत साउन १७ गते पनि कुस्ती संघले अदालतको ढोका ढकढकाएको थियो ।
संघले गत साउन १७ गते एनओसीले आफूहरूलाई बेवास्ता गर्दै निर्वाचन गर्न लागेको भन्दै पाटन पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो । जसका लागि पाटनले थप जानकारी लिनेका लागि संघलाई १८ गते नै बोलाएको थियो । पाटनले अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवन राम श्रेष्ठलाई अदालतमा हाजिर हुन पत्रचार गरेको थियो ।
त्यस्तै, पाटन अदालतले एनओसीलाई छलफलका लागि २० गते हाजिर हुन आदेश जारी ग¥यो । तथापि, अदालतले अदालतले संघलाई अगामी निर्वाचनमा सहभागी गराउन र २१ दिनभित्र उक्त प्रक्रिया अगाडि बढाउन भन्दै एनओसिलाई आदेश दिएको थियो ।
अदालतले संघलाई स्टे अर्डर दिँदै प्रक्रिया अगाडि आदेश दिए तापनि हालसम्म एनओसीले कुनै पनि प्रकारको समन्वयन नगरेको भन्दै संघ पुनः कानुनको साहरामा जाने लागेको संघका अध्यक्ष देव नारायण राणाले बताए । उनले भने, ‘हामी नेपाल सरकारअन्तर्गत रहको राष्ट्रिय खेलकुद परिषद्मा रहेको निर्वाचित संघ हाँै । त्यसैले पनि एनओसीको अगामी निर्वाचनमा हामीलाई पनि प्रतिनित्व बनाइनुपर्छ भन्ने हाम्रो माग हो । तथापि, एनओसीले संघलाई निर्वाचन अधिकारबाट वञ्चित गर्दैै निर्वाचन गर्न लागेको र अदालतको समेत अवेज्ञा गरेका कारण हामी पुनः कानुनको ढोकासमक्ष जान लागेका हौँ ।’
यसअघि नै साउन २१ गते हुने भनिएको ओलम्पिक कमिटीको निर्वाचन अखिल नेपाल फुटबल संघले अग्रिम सूचना नपाएको भन्दै रोक्न आग्रह गरेको थियो । जसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधि हैदर फरमानले रोक्न सल्लाह दिएपछि रोकीएको थियो । आगामी निर्वाचनको मिति भदौ १७ तोकीएको छ । अब १२ दिन बाँकी हुँदासमेत एनओसीले निर्वाचनको आचारसंहिता पालना नगरेका कारण पुनः रोक्ने अवस्था सिर्जना हुन सक्ने राणाले बताए ।
प्रतिक्रिया