काठमाडौं । इसिडिसी तेक्वान्दो डोजाङ र इसिडिसी पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ ।
बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाँकी २० जना सबल खेलाडीलाई गे्रडिङ प्रदान गरेको प्रशिक्षक यादव कुँवरले बताए । पारातर्फ पाँच खेलाडीलाई रातो बेल्ट,४ खेलाडीलाई हरियो÷निलो बेल्ट र ६ जनालाई पहँलो÷हरियो बेल्ट भने ननपारा तर्फ पाँचलाई खेलाडी रातो,७ खेलाडीलाई निलो÷हरियो र ८ खेलाडीलाई हाफ ग्रीन प्रदान गरिएको कुँवरले बताए ।
खेलाडीलाई विश्व पारा तेक्वान्दोका पदक विजेता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक यादव कुँवरले ग्रडिङ प्रदान गरेका थिए । यादव, चौथो विश्व पारा तेक्वान्दो र पाँचाँै विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा क्रमशः कांस्य र रजत पदक विजेता खेलाडी हुन् । सो अवसर उनले कुँवरले खेलाडीलाई अनुशासित भएर तेक्वान्दोमा अगाडी बढ्न सुझाव दिए । प्रशिक्षक कल्याण कुँवरले दर्जासँगै थपमेहनत गर्न शुभकामना व्यक्त गरे ।
डोजो रहेको स्थान प्रारम्भिक बाल विकास केन्द्रका सस्थापक एवं सन् २०१२ की सिएनएन हिरो पुष्पा बस्नेतले ग्रेडिङ प्राप्त खेलाडीहरूलाई दर्जा बढोतरिसँगै अन्तर्राष्ट्रिय सफलता हात पार्दै देशको नाम राख्न शुभकामना व्यक्त गरे । (सौस)
प्रतिक्रिया