लन्डन, ५ भदौ । बेलायतकी जेसिका इनिस हिलले विश्व च्याम्पियनसिपको तीन चरणको समाप्तिमा अग्रता कायम गरेकी छिन् । उनले हाइजम्पकी सिजनकै उत्कृष्ट १.८६ मिटर नाघिन् । यसैगरी, १ सय मिटर हर्डलस १२.९१ सेकेन्डमा पूरा गरिन् । सटपुटका १३.७३ मिटर फ्याकिन् । पहिलो दिन हेप्टाथलनको अन्तिम खेल २ सय मिटर हुनेछ । स्वर्ण पदककी दाबेदार थेसन इटनले हर्डल्स १२.९८ सेमेन्डमा पूरा गरिन् । तर, हाइजम्प १.८० मिटर मात्र नाघीन् । यसैगरी, सटपुटमा १३.७० मिटर फ्याकिन् ।
हेसल गेब्रेसाइलीले सनसनी फैलाएको १६ वर्षपछि १९ वर्षीय घेर्मेल गेब्रेसाइलीलले अर्को सनसनी फैलाएका छन् । इरिटका यी खेलाडी विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने उनको देशको पहिलो खेलाडी हुन् । यसअघि म्याराथनमा आंशिक सफलता पाए पनि उनलाई स्वर्ण पदकको दाबेदारको रूपमा हेरिएको थिएन । उनले दुई घण्टा १२ मिनेट २७ सेकेन्डमा रेस पुरा गरेका थिए । इथोपियाका एमेंगे टेसेसेले रजत तथा युगान्डााका सोलोमान मोटाइले काश्य पदक जिते ।
३ हजार मिटर स्टस्पल चेजमा सुरुका तीनै हिटमा केन्याका खेलाडीलो भएपछि स्वर्ण पदक पनि केन्याले जित्ने लगभग निश्चत देखिएको छ । पहिलो हिटमा केन्याका किप्रुटो पहिलोे भए । अर्को हिटमा जेरुयस बिरेक पहिलो भए । तीन पटकका बिश्व च्याम्पियन इजेकेइ केम्बल पनि आफ्नो हिटमा पहिलो भए ।
प्रतिक्रिया