चार सयमा बहमास र अमेरिका

marathonबेइजिङ । बहमासकी साउन मिलर माथि जारी विश्व च्याम्पियनसीप एथलेटिक्समा सबैको चासो रहेको छ । कम उमेरमै चर्चीत र सफल रहेकी बहमासकी यी खेलाडी १९ बर्षको उमेरमा सन् २०१३ को विश्व च्याम्पियनसीपमा २ सय मिटरमा चौथो भएकी थिइन् । सन् २०१४ मा भने उनले अपेक्षाकृत प्रदर्शन गर्न सकिनन् । उनी गत वर्ष भएको कमनवेल्थको ४ सय मिटरमा चौथो स्थानमा सिमित भएकी थिइन् ।

यस पटकको विश्व एथलेटिक्स च्याम्पियनसिपमा संसारका सबैभन्दा तेज तीन धाबीकम मध्य दुई अमेरिकी फ्रान्सेका म्याकोर्नी र सान्या रिचार्ड्स सहभागी छैनन् । य दुवै अमेरिकी छनोटमा असफल भएका थिए । एलिसन फेलिकसले खेल जीवनमा पहिलो पटक ४ सय मिटरको उपाधि जित्ने सम्भावना पनि रहेको छ । बेलायतकी ३१ वर्षीया क्रिस्चियन ओगाउरु लगातार तेस्रो पटक उपाधि जित्ने दाउमा छिन् । जमैकाकी नोभेल विलियम्स भने अहिले फर्ममा रहेकी छैनन् । जमैकाकी क्रिस्चीयन डे अर्की दाबेदार हुन् । ४ सय मिटर रिलेमा भने अमेरिका नै दाबेदार छ । (एजेन्सी)

प्रतिक्रिया