काठमाडौं । पहिलो दक्षिण एसियाली यु–१९ फुटबल प्रतियोगिताका लागि नेपाली टोली चयन भएको छ । टोलीको नेतृत्व बिमल घर्तीले गर्नेछन् । ३२ जना मध्येबाट तीन गोलरक्षक आठ रक्षक, सात मिडफिल्डर र पाँच गेलरक्षक गरी २३ खेलाडी टोलीमा छन् । क्लब ब्रुगको प्रशिक्षक शिविरमा रहेका बिमल घर्तीमगर पनि टोलीमा समावेश छन् । टोलीमा राष्ट्रव्यापी छनोटबाट सुसन लामा र तेज तामाङ टोलीमा स्थान बनाउन सफल भएका छन् ।
टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जन छन् भने प्रशिक्षकमा सुनील श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र छन् । टोलीको व्यवस्थापक पदवाकर घले छन् । तीन गोलरक्षकमा सुजित गुरुङ, रमन रसाइली र देवराज लिम्बू छन् । यसैगरी रक्षकमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकास थापा, दिनेश राजवंशी, गौरव बूढाथोकी, कमल श्रेष्ठ र सुदन थापा छन् ।
मिडफिल्डमा हेमन्त थापा मगर, डोन थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ र सुसन लामा र सुनील वन छन् । फरवार्डमा बिमल घर्तीमगर, अञ्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी र जोनम मंगललाल रहेका छन् । (सौस)
प्रतिक्रिया