यो कस्तो पवित्रता ?

दुबईमा एक पिताले अफ्नी २० वर्षीया छोरीलाई डुबाएर मारेका छन् । स्थानीय सञ्चारमाध्यमले अनुसार एसियाली मूलका एक परिवार दुबईको बीच (समुद्री किनारा) मा पिकनिक खान आएका थिए । यहीबेला एक केटी समुद्रमा डुब्न थालिन् र बचावका लागि सहायत माग्न थालिन् । केटी चिच्याएको सुनेपछि त्यहाँ रहेको दुईजना बचावर्मी अगाडि बढे । तर, ती केटीका पिताले ‘कोही अनजान व्यक्तिलाई बचाउने बहानामा आफ्नी छोरीलाई छुन नदिने’ भनेर उनीहरुलाई रोके । त्यसपछि उक्त केटीको डुबेर मृत्यु भयो ।
बचाव गर्ने बहानामा कुनै अनजान व्यक्तिले आफ्नी छोरीलाई छोए छोरी अपवित्र हुने ती पिताको मान्यता थियो । बरु छोरी मरेकै सहन सक्ने तर कसै परपुरुषले आफ्नी छोरीलाई छोएको सहन नसक्ने उनले बताएका थिए ।
दुबई प्रहरीका खोज तथा बचाव विभागका उपनिर्देशक लेफ्टििनेन्ट कर्नल हमद बुकिबाहले भने, ‘केटीलाई सहजै बचाउन सकिन्थ्यो ।’ उने यो घटना कहिल्यौ भुल्ने नसकिने खालको भएको समेत बताए । ‘केटीले सहायता मागिरहेकी थिइन् तर बचाउन सकिएन,’ उनले भने, ‘ती केटीका पिताले बचाव टोली रोकेनन् मात्रै उनीहरूसँग झगडा नै गरे ।’
अन्तिममा दुबई प्रहरीले ती पितालाई गिरफ्तार गरेका छन् ।

प्रतिक्रिया