‘हिन्दू धर्म नभई हिन्दूस्थान भारतको राष्ट्रियता मात्र हो’

padam shresthaपदम श्रेष्ठ जातीय संस्कृति अन्वेषकका रूपमा एउटा छुट्टै पहिचान बनाउन सफल व्यक्तित्व हुन् । नेपाल संवत् १०८९ असोज महिनाको घटस्थापनाका दिन जन्मेका उनी संस्कृतिको उत्थान गर्न नै त्यो दिन यस धर्तीमा आइपुगेका जस्तो लाग्छ । उनी संस्कृति अन्वेषकका साथै एउटा राम्रो लेखक अनि पत्रकार पनि हुन् । उनले पत्रकारिता पेसामा लागेर विशेषगरी संस्कृति र परम्परामा आधारित भएर लामो समय काम गरिसकेका छन् । उनले संस्कृति र परम्परालार्ई नै आधार मानेर विभिन्न पुस्तकसमेत तयार पारेका छन् ।
श्रेष्ठले विशेषगरी जातीय, संस्कृतिसम्बन्धी दर्जनभन्दा बढी पुस्तक लेखिसकेका छन् । ती पुस्तकसहित उनले अब आफ्नो पा“च अवधारणाका साथ अर्को पुस्तक निकालेका छन् । त्यही पुस्तकलार्ई आधार मानेर श्रेष्ठसँग गरिएको कुराकानीको सार :

नेपाल मण्डल सम्पदा पुस्तकको नामाकरण र उद्देश्य के हो नि ?
नेपाल आदिकालदेखि नै खसान, थारूहट, मगरात, तमुवान, लिम्बुवान, खम्बुवान, मिथिला, भोजपुरा, अवध, कोचिला, महाकुलुङ, मधेस, शेर्पा हिमाली संघीय पहिचान रहेजस्तै नेवार पहिचान भूमि नेपाल मण्डल हो । नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यकाका पाँच पुर वर्तमानमा १० वटै नगरपालिकाभित्रका मठमन्दिर, विहार, गुम्बा, चर्च, मस्जिद गुरुद्वारा, जैन टेम्पल, वहाई टेम्पल आदि सम्पदाहरूको ऐतिहासिक पुरातात्विक र संस्कृतिपक्ष समेटेर सो पुस्तक प्रकाशित गरिएको हो । पुस्तकमा नेवार सभ्यताले भ्याएसम्म उपत्यकाबाहिरका सम्पदाहरू दोलखा भीमसेन, धरान, लुम्बिनी कपिलवस्तुदेखि सुर्खेतको काँक्रेविहारसम्म समेटेको छु । जहाँसम्म उद्देश्यको सवाल छ, पहिलो उद्देश्य नेवार सभ्यताको पहिचान स्थापित गर्नु हो भने दोस्रो– नेपाल मण्डल ¬(काठमाडौं उपत्यका) भित्र जुनसुकै धर्म संस्कृति पनि मिलिजुली रहन सक्छन् भन्ने तथ्यलार्ई उजागर गर्दै लानु हो । तेस्रो उद्देश्य भनेको उपत्यका धार्मिक, सांस्कृतिक र कला पर्यटनको केन्द्रबिन्दु हो भन्ने तथ्यलार्ई अगाडि बढाउनु हो । चौथो उद्देश्य– आजसम्म अलौकिक आख्यानका आधारमा लेखिएका सम्पदा इतिहासलार्ई सक्दो तथ्यगत ढंगमा प्रस्तुत गर्नु र पाँचाँै उद्देश्य देवीदेवताका बारे उल्लिखित भ्रमहरूलार्ई पन्छाउँदै तथ्य कुरा दिनु हो ।

कस्तो भ्रम र अलौकिक धारणाको कुरा गर्नुभएको हो ?
स्वयम्भू र पशुपति स्थापनाकाबारे वर्तमान पुस्ताले पचाउनै नसक्ने गरी अलौकिक आख्यान जडेका छन्, जुन तथ्यलार्ई भेटेसम्मको प्रमाणसहित राजा प्रचण्डदेखि स्वयम्भू पशुप्रेक्षदेवले पशुपति व्यवस्थित गराएको तथ्य समेटने कोसिस गरेको छु । जसको कारण यथार्थ चाहिँ भोलिका पिँढीले पनि विश्वास गर्न सकून् ।
नेपाल मण्डलभित्र पुजिने व्यापारका असल देवता भिन्द्योलार्ई पञ्चपाण्डवको भीमसेनथानी राज्यले नै राँगाबली खाने उपत्यकालगायतका दोलखा भीमसेनलार्ई जनकपुर अञ्चलमा लगेर जोडिदिएको छ भने पाटनको कृष्ण मन्दिर, पशुपति र कुमारी घरमा समेत हिन्दूमात्र प्रवेश भनेर ढोकामा स्टिकर टाँसेर धार्मिक अपचलन गरिएका छन् । जब कि हिन्दू धर्म नभई हिन्दूस्थान भारतको राष्ट्रियता मात्र हो ।

संवैधानिक रूपमै नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनेर आवाज बुलन्द भइरहेको बेला तपाईं हिन्दू भारतीय राष्ट्रवाद भन्नुहुन्छ, के प्रमाण छ ?
हिन्दूस्थान भारतको अर्को नाम भन्ने कुरा सबैलार्ई थाहा छ । हिन्दूस्थानवासीलार्ई हिन्दू भनिन्छ । नेपालवासीलार्ई नेपाली भनिए जस्तै । वेद मान्नेलार्ई वैदिक भनिनुपर्छ, शैव, बौद्ध, शक्ति, नागा, कापलिक सबै हिन्दूस्थानी होइनन् । न चार वेद अठार पुराणमै हिन्दू शब्द छ, न त नेपालका प्राचिन कुनै पनि शिलापत्र, ताम्रपत्र, थ्वासफु आदिमा हिन्दू छ । सिन्धुघाँटी सभ्यतालार्ई फारसी भाषी मुस्लिमहरूले हिन्दू भनेको र त्यही हिन्दूलार्ई बेलायतीले हिन्दूस्थानमा शासन गर्दा इन्डो भनियो, त्यही इन्डो नै इन्डिया हुन गएको हो भन्ने रामकृष्ण वेदान्त समाज बेलोर मठ भारतका स्वामी चिन्मयानन्दको भनाइ छ ।
आदिकालदेखि स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न नेपाललार्ई किन हिन्दूस्थानी गुलामको रूपमा प्रस्तुत गर्ने ? बरू नेपाल बौद्ध राष्ट्र हो, प्रमाणित गर्न सकिन्छ, जुन तथ्य पुस्तकमा उल्लेख छ ।

नेपाल बौद्ध राष्ट्र हुनुपर्छ भन्नुभएको हो ?
होइन, होइन । देशभूमि जमिनले धर्म मान्ने होइन, धर्म त त्यो देशमा बस्ने नागरिकले मान्ने हो । फेरि एउटा देशमा मात्र होइन, एउटै परिवारमा पनि छुट्टाछुट्टै धर्म र भिन्न देवतामा आस्था राख्नेहरू हुन्छन् ।
आज बली दिने धर्म मान्नेहरू समयक्रमसँगै धर्म परिवर्तन गरी साकाहारी हुन सक्छन् । त्यसैले देश धर्मनिरपेक्ष हुनुपर्छ । तर, अरूको आस्थामाथि चोट पर्ने काम रोक्न कानुनी प्रावधान राख्नुपर्छ । मैले बौद्ध राष्ट्र हो भन्नुको अर्थ नेपाल विश्वको एकमात्र क्रकुच्छन्दबुद्ध (गोटिहवा) कंकमुनि बुद्ध, निग्लिहवा र गौतम बुद्ध (लुम्बिनी), जन्मेको भूमि हो भने काठमाडौं उपत्यकाका चारैतिरका डाँडा अनेक बुद्धहरूले समाधि प्राप्त गरेका पवित्रस्थल मानिन्छ । बोधीसत्व मञ्जुश्रीले उपत्यकाको पानी चोभारबाट छेदन गरी बाहिर पठाएकोदेखि काठमाडौं नगरराजा गुणकाम देवले बसाउँदा मञ्जुश्रीको खड्ग अंकित अष्टमातृका गणसहित बसाएका थिए । पशुपतिनाथको शीरमा शिवरात्रि चारदिन अघि वखुमद अष्टमीको दिन बुद्ध मुकुट पहि¥याउनेदेखि बुढानिलकण्ठ, चाँगुनारायण, टुँडिखेलको महाकाँलभैरवको शीर र शोभाभगवती मन्दिर पछाडिसम्म बुद्धको अस्तित्व छ भने नेपाल कसरी बौद्ध राष्ट्र हुन सक्दैन । पूर्व नेपालमा किराँत, तराईको मिथिलाबाहेक सुदूरपश्चिमको खसान, हिमाली भूमि पूरै बौद्ध सभ्यताले ओतप्रोत छ । त्यसैले मैले बौद्धराष्ट्र भए राम्रो भने को हो ।

अरू पनि केही छ कि ?
नेपाल मण्डल सम्पदाले काठमाडौं उपत्यकाका र उपत्यकाबाहिरका पनि वडा–वडामा अवस्थित सम्पदा मठ मन्दिर, विहार गुम्बाको भ्याएसम्म समेट्ने काम गरेको छु भने सम्पदामा भएका ऐतिहासिक गल्ती, कमीकमजोरीलार्ई तथ्यगत रूपमा औंल्याइदिने कोसिस गर्दिएको छु । सकेसम्म नेपाल संवत् उल्लेख
गरेको छु ।

यी हुन्श्रे ष्ठका पाँच अवधारणा
१. नेवार जात होइन, नेपालीको प्राचीन पहिचान : नेवार
२. हिन्दू धर्म होइन, हिन्दूस्थान भारतको राष्ट्रिय : नेपाल धर्म
३. संघीयताले राष्ट्र टुक्र्याउँदैन, (क) आदिकालदेखि उत्पीडित जाति, भाषा, धर्म संस्कृति वर्ग समुदायको राज्यमा नेतृत्वदायी पहिचान स्थापित गराउँछ । (ख) केन्द्रीकृत विकासलार्ई विकेन्द्रित व्यवस्थापन गर्दै लान्छ । (ग) स्रोत सम्पदामा स्थानीय आदिवासी जनजातिको अग्राधिकार कायम गरी राष्ट्रिय अस्तित्व मजबुत गराउँछ : जातजाति र संघीयता
४. समृद्ध नेवार सम्पदा नेपाल राष्ट्रको पहिचान हो । काठमाडौं उपत्यका– (नेपाल मण्डल) विश्वकै धर्म संस्कृति सम्पदाको मिलिजुली घर हो : नेपाल मण्डल सम्पदा
५. नेपाली संस्कृतिको पुनव्र्याख्या र पर्यटन उद्योगको माध्यम बन्नुपर्दछ । नेवारलगायत देशका विभिन्न जातीय पर्व÷संस्कृतिका साथमा : नेपाल जात्रा संस्कृति
(पाँच पुस्तकलार्ई पाँच आधारमा अवधारणासहित अगाडि ल्याउने क्रममा उनले हालै चौथो पुस्तक– नेपाल मण्डल सम्पदाको दोस्रो संस्करण बजारमा ल्याएका छन् ।
प्रस्तुति : सरला बैजु

प्रतिक्रिया