टोकियोमा नेपाली साहित्य सम्मेलन हुने

ANESASटोकियो । आगामी सेप्टेम्बर १९ र २० मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले जापानको टोकियोमा चौथो सम्मेलन गर्ने भएको छ । सम्मेलन प्रत्येक दुई वर्षमा हुदै आएको छ ।
अनेसासले सम्मेलनको लागि विभन्न समितिहरू गठन गरेको छ । अध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति गठन गरिएको छ । समितिमा बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष राम खत्री, महासचिव गोवर्धन पूजा र अनेसास जापानका अध्यक्ष आलोक चालिसे छन् । उपाध्यक्ष प्रकाश पौडेलको संयोजकत्वमा चाहिँ तयारी समिति बनेको छ ।
दुई दिन चल्ने सम्मेलनमा कार्यपत्र प्रस्तुति, कवि गोष्ठी, छलफल तथा जापान घोषणापत्र जारी गरिनेछ । विभिन्न व्यक्तित्वलाई सम्मान, कृति बिमोचनलगायत कार्यक्रम पनि तय गरिएको छ । सम्मेलनमा जापानका साथै नेपाल, अमेरिका, अष्ट्रेलिया, भारत, बेल्जियम, इजराइल, बेलायतलगायत मुलुकमा रहेका सर्जकहरूको सहभागिता रहने छ ।

प्रतिक्रिया