पूर्णसंविधानका लागि एमालेले निर्णायक भूमिका खेल्ने

UMLकाठमाडौं, २० साउन । नेकपा एमालेले पूर्णसंविधानका लागि प्रमुख दलमा आफ्नो अडान कायम राख्ने भएको छ ।
बुधबार भएको स्थायी कमिटीको बैठकमा एमालेले यस्तो निर्णय गरेको हो । संघीयताको विषयलाई टुंगो लगाएर यही साउन मसान्तभित्र छिटो र पूर्णसंविधान जारी गराउन पार्टीका तर्फबाट अडान राखिने तय भएको छ ।
‘पूर्णसंविधानका पक्षमा एमालेको अडान रहनेछ’, सचिव प्रदीप ज्ञवालीले भने, ‘बैठकको निर्णय नै यही भएको छ ।’
संघीयताको विषयलाई टुंगो लगाएर साउन मसान्तभित्र छिटो र पूर्ण संविधानका लागि एमालेले निर्णायक भूमिका प्रस्तुत गर्ने भएको हो । संविधान जारीपछि सहमतिको राष्ट्रिय सरकार गठन गरी मुलुकलाई पुनर्निर्माणको दिशामा अघि बढाउन एमाले प्रतिबद्ध रहेको ज्ञवालीले बताए । उता संविधानका विषयमा एमालेभित्रका सभासद्हरूले नयाँ निवेदन अध्यक्ष ओलीसामु बुझाएका छन् ।
धर्म निरपेक्षतासहितको संविधान जारी गर्नका लागि एमाले सभासद्हरूले हस्ताक्षर गरी निवेदन गरेका हुन् । ‘धार्मिक स्वतन्त्रता नभनी धर्म निरपेक्षता कायम गर्नका लागि हाम्रो अभियान पार्टी नेतृत्वसामु पु¥याएका हौँ’, एक सभासद्ले भने, ‘पार्टीले त्यही निर्णय गरोस् भन्ने चाहना छ ।’

प्रतिक्रिया