मिर्गौला रोगीलाई कतार र साउदीबाट सहयोग

kidney-failureझापा । दुवै मिर्गौला खराब भएर उपचार गराइरहेका झापा भद्रपुर–४ का उज्ज्वल राजवंशीलाई कतार र साउदी अरबमा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका १९ वर्षीय राजवंशी अस्वस्थ भएपछि केही दिनअघि नेपाल फर्किएका थिए ।

आर्थिक अवस्था कमजोर भएका उनलाई त्यहाँ रहेका उनका साथीले पठाएको ४३ हजार २९० आज हस्तान्तरण गरियो ।

भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचार गराइरहेका राजवंशीलाई उक्त रकम स्थानीय इन्द्रप्रसाद ओली, श्यामकुमार लेप्चालगायतले अस्पतालमा पुगेर शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हस्तान्तरण गरे ।

प्रतिक्रिया