नेपालमै हुन्छ मिर्गाैलाको उपचार

काठमाडौं १२ साउन । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौलाको सफल प्रत्योरपण गरिरहेको जनाएको छ । विदेशमा गएर महँगो शुल्कमा उपचार गर्न बाध्य सर्वसाधरणको दुःखलार्ई ध्यानमा राखेर नेपालमा मिर्गाैला प्रत्यारोपण गर्न थालिएको हो ।

दुई वर्षअघिबाट सञ्चालनमा आएको केन्द्रले हालसम्म ८३ मिर्गाैलाको सफल प्रत्यारोपण गरेका मध्ये ९८ प्रतिशत बिरामी सकुसल रहेको सोमबार पत्रकार सम्मेलन गरेर जनाएको छ । केन्द्रका निर्देशक डाक्टर पुकारचन्द श्रेष्ठले पर्याप्त सूचना तथा जानकारीका अभावले सर्वसाधरण नगारिक चर्को शुल्क तिरेर विदेशमा उपचार गर्न जाने भएकाले संख्या कम भएको हुन सक्ने बताउँछन् । उनले समान प्रविधिको प्रयोग गरेर नेपालमै सस्तोमा उपचार भइरहेको बताए । उनले भने, ‘हामीले प्रयोग गर्ने प्रविधि, स्रोत साधन तथा सीप उही हो । हामी पनि विदेशमा गरिनेजस्तै उपचार गर्न सक्छौँ’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने ।
कतिपय स्वास्थ्य संस्थाले फाइदाका लागि सेवाग्राहीलाई विदेश पठाउने गरेकाले उनीहरूलाई जानकारी नभएको तथा अविश्वास गर्ने गरिएकाले बिरामीले महँगो शुल्क तिर्न बाध्य भएको उनको भनाइ थियो । उनले भने, ‘जसले हाम्रो उपचार पद्धतिबारे प्रचार गर्नुपर्ने हो उसलाई हामीबाट फाइदा नहुने भएकाले अर्कैतिर पठाउने गरेकाले पनि यो समस्या आएको हुन सक्छ ।’ भखैरै मिर्गाैलाको सफल प्रत्योरपण गरेका मधेस समता पार्टीका नेता तथा सभासद् मेघराज नेपालीले सरकारले आपूलाई कुनै सहयोग नगरेको बताएका छन् । नेपालमा सजिलै मानव अंगको प्रत्यारोपण गरिँदो रहेछ भन्ने कुरा भर्खरै मात्र थाहा भएको भन्दै सभासद् नेपालीले देशका राजनीतिज्ञहरूले प्रोत्साहन गर्नुको सट्टा हतोत्साही बनाउने गरेकाले अझ प्रगति हुन नसकेको बताए ।
उनले ३ साउनमा यही केन्द्रमा मिर्गाैलाको प्रत्यारोपण गरेको भन्दै नेपालमै यतिका सफल चिकित्सक रहेछन् । किन विदेश जान्छन् नेताहरू ? भन्दै प्रश्न गरे । चिकित्सकलाई नपत्याएर नेताहरू भने विदेशिने गरेको उनले आरोप लगाए । उपचारका लागि भारतका विभिन्न अस्पतालमा धाएको बताउँदै उनले नेपालमा यति सस्तोमा मिर्गाैला प्रत्यारोपण गर्छ भन्ने जानकारी नै नपाएकाले दुःख पाएको बताएका छन् । सरकारले मिर्गाैला प्रत्यारेपण गर्न परेमा राज्यको तर्फबाट ३ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया