यमनी विद्रोही नेताद्वारा यद्धबिराम अस्वीकार

सामा (यमन), १० साउन । यमनी विद्रोही नेता अब्दुलमालिक अल हुठीले आफ्नो ट्वीटर अकाउन्टमा साउदी अरब नेतृत्वको समूहद्वारा प्रस्ताव गरिएको युद्धबिरामलाई अस्वीकार गरेका छन् ।

हुठीले ट्वीट गर्दै साउदी अरब र यसका साझेदार समूहको युद्धबिरामको घोषणा साउदी सरकार पक्षका लडाकूलाई पुनः सङ्गठित गर्ने उद्देश्यले आएको भन्दै यो आफ्नो समूहलाई स्वीकार्य नभएको बताए ।

हुठी समूहले साउदी अरब नेतृत्वको समूहमाथि आफ्नो आक्रमणलाई अझै सशक्त बनाएको छ ।

उसले साउदी अरब नेतृत्वको फौजमाथि हवाई आक्रमण जारी राखेको समाचार छ ।

प्रतिक्रिया