सँगसँगै नीता र आमेषले

Neeta-Dhungana-Boy-Friend-Uकाठमाडौं, ११ साउन । नायिका नीता ढुंगाना र कलाकार आमेष भण्डारीको प्रेम त अब कसैको अगाडि पनि लुकेको छैन । चलचित्रमा एकसाथ काम गरेदेखि सुरु भएको यो जोडीको प्रेम चलचित्र हुँदै अब विभिन्न स्टुडियो उद्घाटनमा पनि देखिन थालेको छ ।

यो जोडी आइतबार काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको ‘लाइफ डिजाइन स्टुडियो’ उद्घाटन गर्न पुगेको थियो । सुजन पन्थीले सञ्चालनमा ल्याएको यो स्टुडियो उद्घाटन गर्न पुगेको यो जोडी एकअर्काका लागि सामान रोज्न पनि पछि परेन ।

नेपाली चलचित्र क्षेत्रमा केही सफल चलचित्र दिएकी नीता ढुंगाना र नयाँ चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’का मुख्य कलाकार आमेष भण्डारीबीच प्रेम सम्बन्ध कायम भएको तीन वर्ष बढी भइसकेको छ ।

नीता र आमेषले हरेक कुरामा एकअर्कालाई साथ पनि दिँदै आएका छन् ।

प्रतिक्रिया