‘रिबिल्डिङ नेपाल’का सुन्दरीलाई मिस वल्र्ड रनर अपको प्रशिक्षण

emma-wareusकाठमाडौं । मिस नेपाल युएस २०१५ का सहभागीले मिस वल्र्ड २०१० का फस्ट रनर अप एमा वारियसबाट प्रशिक्षण लिने भएका छन् । नेपालको इप्लानेटसँगको सहकार्यमा अमेरिकाको प्लानेट इन्कले आयोजना गर्न लागेको प्रतियोगिताका फाइनलिस्टहरूलाई एमाले पब्लिक स्पिकिङ, नेतृत्वदायी क्षमता विकास, ब्रान्ड व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिनेछिन् ।
लोरियाल फेसन सप्ताह, न्युयोर्क फेसन सप्ताह, लन्डन फेसन सप्ताहका साथै थुपै म्यागाजिनहरूको शोभा काम गरिसकेकी एमा बिल क्लिन्टन मलेरिया फाउन्डेसन, अफ्रिकन युनियन युथ लिग, युनिएड्सलगायत संस्थाका लागि ब्रान्ड एम्बेसडर एवं प्रवक्ता भएर काम गरिसकेकी छन् । अमेरिकामा बसोबास गर्दै आएका र हाल अमेरिकामा रहेका नेपाली युवतीमा लक्षित प्रतियोगितामा १९ देखि २९ वर्ष उमेर समूहका युवतीहरूले सहभागिता जनाउनेछन् ।
यसपटक आयोजकले प्रतियोगितालाई ‘रिबिल्डिङ नेपाल’ को नारा दिएका छन् । कार्यक्रमलाई भूकम्पपीडित नेपालीलाई राहत र पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यलाई प्राथमिकतामा राखेको छ । प्रतियोगिता अगस्ट २० देखि २२ तारिखमा अमेरिकाको न्युयोर्कमा हुनेछ । (सौस)

प्रतिक्रिया