इराक हिँडेका चार जना महिलाको उद्धार

gaddachaukiकञ्चनपुर, ८ साउन । रोजगारीको प्रलोभनमा पारी भारतको नयाँ दिल्लीतर्फ लैजाँदै गरेका चार महिलासहित पाँचजनाको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको छ ।

बिहीबार भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोककी ३७ वर्षीया पासाङ लामा, ३८ वर्षीया नीमा शेर्पा, ३२ वर्षीया सविता तामाङ, खोटाङकी ४१ वर्षीया उमा तामाङ र १८ वर्षीय अशोक राईको उद्धार गरिएको हो ।

पाँचैजनालाई इराकमा रोजगारी लगाई दिने भन्दै दलालले काठमाडौं हुँदै गड्डाचौकीसम्म पुराएकोे प्रहरी भनाइ छ ।

उद्धार गरिएका पाँचैजनालाई परिवारको जिम्मा लगाइनेछ ।

प्रतिक्रिया