नेप्सेले एक हजार नाघ्यो

nepse-chartकाठमाडौं, ८ साउन । नेप्से परिसूचक एक हजार काटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा चुक्ता पुँजी ८ अर्ब रूपैयाँ पुर्‍याउने व्यवस्था गरेपछि सेयर बजार अकासिएको हो ।

नेप्से बढेसँगै सेयर कारोबार पनि ५४ करोड रूपैयाँ पुगेको छ । भूकम्पपछि यो सबैभन्दा बढीको कारोबार हो । सेयर बढ्नेमा सबैभन्दा बढी बैंकिङ समूह रहेको छ । सो समूहको सूचकांक ५२ दशमलब २८ अंकले बढेर ८ सय ९३ दशमलब शून्य २ मा पुगेको छ । त्यसपछि बढ्ने समूहमा बिमा छ । बिमाको सूचकांक ७१ ले बढेर ४ हजार २ सय १७ दशमलब १७ मा पुगेको छ ।
केन्द्रीय बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको ८ अर्ब, विकास बैंकको २ अर्ब ५० करोड, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड, राष्ट्रियस्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरूको ८० करोड र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीको चुक्ता पुँजी ४० करोड पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ ।
हाल वाणिज्य बैंकको २ अर्ब, राष्ट्रियस्तरका विकास बैंकको ६४ करोड, फाइनान्स कम्पनीको २० करोड र एक जिल्ले विकास बैंकको न्यूनतम चुक्ता पुँजी १ करोड छ । यसअघि २०६३ सालमा राष्ट्र बैंकले ०७० अघि नै बैंकहरूको न्यूनतम चुक्ता पुँजी वृद्धि न्यूनतम २ अर्ब पुर्‍याउनुपर्ने व्यवस्था गरेको थियो ।
मौद्रिक नीतिमार्फ तरलता व्यवस्थापनका लागि सिआरआर बढाउनुपर्ने बैंकहरूको सुझाव मौद्रिक नीतिले सम्बोधन गरेको छैन । यसअघि रहेको सिआरआरको व्यवस्थालाई नै निरन्तरता दिइएको छ । जसअनुसार वाणिज्य बैंकले ६ प्रतिशत, विकास बैंकले ५ प्रतिशत र फाइनान्स कम्पनीले ४ प्रतिशत सिआरआर कायम गरेको छ । यसको कारण सेयर बजारमा उछाल आएको हो ।

प्रतिक्रिया