महिला मापसेको बढ्दो अवस्था

traffice-policeसाउने संक्रान्तिको राती सिमसिमे पानी परिरहेका बेलुका करिब नौ बज्न लागेको थियो । महानगरीय ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गको एउटा युनिटद्वारा मापसे चेकजाँच भइरहेको थियो । त्यसक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग, दरबारमार्ग अगाडि ट्राफिक प्रहरीको एउटा युनिट मापसे चेकजाँच गरिरहेको थियो ।
एउटा निलो स्कुटी ठमेलबाट हुइँकिँदै दरबारमार्गतर्प आइरहेको थियो । ट्राफिक प्रहरीले रोक्दा धेरै गतिमा भएकाले स्कुटी रोक्न हम्मेहम्मे परेको थियो । मापसे चेकजाँचमा रहेका ट्राफिक प्रहरी निरीक्षकसँग उमेरले समेत १७/१८ वर्ष गरेकी मंगोलियन अनुहार भएकी युवतीले आपूmले मापसे गरेको स्वीकार गर्दै भनिन्, ‘सर, हजुरले जे भने पनि मान्न तयार छु ।’
‘सर, म आजबाट कहिले पनि मापसे गर्दिनँ’ भन्दै अनुनयविनय गर्दै सुकसुकाउँदै थिइन् । ‘सजाय जस्तोसुकै गर्नूस्, जरीवाना जति लाग्छ तिर्छु तर लाइसेन्समा प्वाल नपारिदिनूस्,’ घर स्वयम्भू बताउने ती युवती बिन्ती गरिरहेकी थिइन्, ‘एसएलसी गरेको केही समयपछि साथीहरूकोे जबर्जस्तीमा परेर रक्सीको कुलतमा फसेको हुँ ।’
मादकपदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा सडकमा धेरै दुघर्टना बढेको थियो । मादकपदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्नेविरुद्ध २०६८ मंसिर १७ बाट ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको हो । १७ मंसिर ०६८ यता ११ सय १७ महिला मापसे गरेर सवारी हाँकेकामा कारबाहीबाट ११ लाख १७ हजार असुल भएकोे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
०६८/६९ मंसिर १७ बाट सुरु गरेको मापसे कारबाही अभियान सुरु गरेको आठ महिनाको अवधिमा महिलाको संख्या एक सय ८७ पुगेकोे थियो । मापसे कारबाहीबाट एक लाख ८७ हजार राजस्व संकलन भएको छ । आव ०६९/७० को अवधिमा मापसे गर्नेको संख्या बढेर दुई सय ८७ पुगेको थियो । मापसे कारबाहीबाट दुई लाख ९५ हजार राजस्व संकलन भएको छ । गत आव ०७०/७१ को अवधिमा मापसे गर्नेको अभै संख्या बढेर तीन सय ७५ पुगेको थियो । मापसे कारबाहीबाट दुई लाख ९५ हजार राजस्व संकलन भएको छ । आव ०७१/७२ को अवधिमा भने केही कम भएर दुई सय ९५ पुगेको थियो । मापसे कारबाहीबाट दुई लाख ९५ हजार राजस्व संकलन भएको छ ।
मादकपदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेविरुद्ध गरेको अभियानमा चार वर्षमा एक लाख ८२ हजार कारबाहीमा परेका थिए । मापसे कारबाहीबाट एक करोड ६९ लाख दुई सय १८ राजस्व संकलन भएको छ ।
पछिल्लो समय महिला मापसेको अनौठो तस्बिरसमेत सामाजिक सन्जालभर आएका छन् । यो माथिका प्रसंग त्यसैको एउटा उदारहण मात्रै हो ।
महानगरीय ट्राफिक प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयबहादुर चन्दका अनुसार, ‘संख्या ठूलो होइन तर पनि यसले सहरी महिला मापसे गरी सवारी हाँक्छन् भन्ने उदारण मात्रै देखाउँछ ।’
प्रहरी कार्यालयको तथ्यांकले अघिल्लो वर्षभन्दा यसपाली मापसे गरेर सवारी हाँक्ने महिलाको संख्या बढेको देखाएको छ । यसबीचमा मापसेविरुद्ध ट्राफिकले सबैभन्दा धेरै जनचेतनामूलक कार्यक्रम चलाइरहेको छ । डिआइजी चन्द भने, ‘सुन्दा असामान्यजस्तो लाग्छ तर मदिरा सेवन गरेर सवारीसाधन हाँक्ने महिला प्रसस्तै छन् ।’
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सचेतनासम्बन्धी कक्षा दिने कोठाबाहिर पुग्दा दुई महिला मास्क लगाएर उभिएका थिए । मापसे गरेर सवारी हाँकेपछि कारबाहीमा परेका उनीहरूमा सचेतना कक्षा लिएर लाइसेन्स पुनः हात पार्ने ध्यानमा मात्रै थिए । आपूmलाई अविवाहित बताउने ती महिलाले नाम उल्लेख नगर्ने सर्तमा कारबाही गर्नु ठीक तर लाइसेन्स प्वाल पार्नु बेठीक भएको भन्दै यो निर्णय सच्याउन पर्ने तर्क दिए ।
अर्की सँगै भएकी महिलाको समेत आक्रोश थियो, ‘बिहेपछि श्रीमान्ले के भन्लान्न्’ तर, मदिरासेवन गर्नु महिलाको स्वतन्त्रताको कुरा रहेको बताइन्, ‘पुरुषले रक्सी खान हुन्छ भने महिलाले किन नहुने?’
तीन वर्षअघि ट्राफिक प्रहरीले मापसेविरुद्ध अभियान थाल्दा हालका प्रहरी अतिरिक्त महानिरीक्षक गणेश राई ट्राफिक प्रहरी प्रमुख थिए । सुरुका दिनमा उनी आपैmँलाई अचम्म लागेको थियो, कस्ता कस्ता मान्छे कारबाहीमा पर्लान् भनेर । ‘सुरुका दिनमा त ट्राफिक प्रहरी नै छक्क पर्थे, महिला पनि मापसे कारबाहीमा परेको देख्दा, राई भन्छन् ‘तर, यो पनि सहरी जीवनको एउटा अंग रहेछ । ‘मापसे गर्ने र सवारी हाँक्न पनि हिम्मत गर्ने महिलाको संख्याले सहरी समाजका महिलाको सोच, चेतना र आधुनिकतालाई मापन गर्न सहयोग गर्छ । राई सुनाउँछन्, ‘मापसे गरेर सवारीसाधन हाँक्ने महिला आर्थिक रूपमा सक्षम छन् ।’
मापसे गरेर सवारी हाँक्नेहरू सबैभन्दा धेरै दरबारमार्गमा पक्राउ पर्छन् । त्यसको कारण दरबारमार्गमा रहेको पब, डिस्कोथेक र राती अबेरसम्म खुल्ने रेस्टुराँ नै हुन् । दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरीका नायब निरीक्षकसँग मापसेमा समातिएका महिलाले गर्ने व्यवहार र तिनका तर्कका अनेकन् फेहरस्ति छन् । मदिरा पिएर सवारी हाँक्ने सेलेब्रिटीदेखि नेता कार्यकता, सभासदहरू समेत मापसेमा फसेका छन् ।
मदिरा सेवन गरेर सवारी हाँक्ने महिलामध्ये अधिकांश किशोर अवस्था रहेको चन्द्रको भनाइ छ । मापसे गरेर सवारी हाँक्ने केटीहरू केटाजस्ता उद्दण्ड हुँदैनन् । केटाहरू ट्राफिक देखे हतपती भाग्न खोज्छन्, केटीहरू भाग्दैनन् । तर, ब्रेथलाइजर (मादक पदार्थको परिमाण मापन गर्ने उपकरण) मुखभित्र राख्नै मान्दैनन् । ब्रेथलाइजरको प्रयोग गरेर मापसे जाँच्ने प्रविधि नहुन्जेल मुखनजिकै लगेर सुँघ्नुपर्ने अवस्था थियो । ‘त्यस बेला महिलाको मुखनजिकै गएर सुँघ्न साह्रै अप्ठ्यारो हुन्थ्यो,’ चन्दको भनाइ छ ।, ‘अहिले सजिलो छ तैपनि महिलाहरू मुखभित्र ब्रेथलाइजर राख्नै मान्दैनन् । राखिहाले पनि फुक्न मान्दैनन् ।’
मापसे गरेर सवारी हाँक्ने महिलाको सबैभन्दा धेरै सुरक्षाको चिन्ता काठमाडौंका ट्राफिकलाई नै हुन्छ । मापसे गरेको थाहा पाएपछि सवारी चलाउन दिने कुरै भएन । तर, ती नेता, सभासद्, सरकारी उच्च कर्मचारी र चेलीबेटीलाई प्रहरीले नै सुरक्षित घर पु¥याउने गरेका थिए । ‘मापसे गरेका केही महिला त आपूसँग पैसा नभएको र आपूलाई केही भएमा ट्राफिक नै जिम्मेवार हुनुपर्ने तर्क दिएर अड्को थाप्छन् । त्यस्तो बेला ट्राफिक आपैले पैसा हालेर ट्याक्सी खोजेर घर पु‍र्‍याइदिनुपर्छ ।’ ट्राफिक सम्बन्धित स्रोतको दाबी छ ।
मादकपदार्थ सेवन गरेर सवारी हाँकिरहेका चालक समात्न खटिएका प्रत्येक ट्राफिक प्रहरीसँग महिला मदिरा सेवनकर्ता फेला पर्दाका अनौठा अनूभूति छन् । ‘धेरैको तर्क के हुन्छ भने मदिरा कहाँ खाएको छु ? थोरै वाइन पो चाख्या हो !’ समातिएकाहरूमध्ये करिब पाँच प्रतिशत हिस्सा महिलाको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार पारेको मापसे चेकजाँच निर्देशिका, ०६९ का अनुसार मापसे कारबाहीमा परेकाले एक हजार रुपियाँ जरिवाना र सचेतनासम्बन्धी कक्षामा अनिवार्य सहभागी हुनुपर्छ । यस्तो कक्षामा पुरुषहरू सकेसम्म सहभागी हुन चाहन्नन् तर महिला भने त्यसको ठीक उल्टो देखिएका छन् । प्रवक्ता पोखरेलले भने, ‘मादकपदार्थ सेवन गरेर सवारी हाँक्ने महिला हतपती आफ्नो कागजपत्र दिनै इन्कार गर्छन् । तर, सचेतना कक्षा लिन भने आनाकानी गर्दैनन् । ट्राफिकको नियन्त्रणमा रहेको लाइसेन्स छुटाउन पुरुषले जस्तो पहुँच वा शक्तिको प्रयोग पनि गर्दैनन् ।’
महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी पोषराज पोखरेलको अनुभवमा मादकपदार्थ सेवन गर्ने, सवारी हाँक्ने र कारबाहीमा परेपछि गलफती गर्नेहरूको सूचीमा महिलाको संख्या सानो भए पनि त्यही संख्या सहरी समाजमा मापसे गर्ने महिलाको अवस्था बढेको छ । तर, मापसे अभियोगको कारबाहीमा पर्ने पुरुषको संख्याका अगाडि महिलाको संख्या अति नै न्यून छ ।

प्रतिक्रिया