प्रहरी दमनप्रति आयोगको आपत्ति

जनकपुर ।  राष्ट्रिय मानवअधिकार आयोगले संविधानको सुझाव संकलन गर्ने क्रममा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरी प्रशासनले गरेको दमनप्रति आपत्ति जनाएको छ ।
आयोगकी सदस्य तथा प्रवक्तासमेत रहेकी मोहना अन्सारीले दोषिमाथि छिट्टै नै कारबाही हुनुपर्ने बताएकी छन् ।
प्रवक्ता अन्सारीले पीडित पक्षसँग भेटघाट गर्नुको साथै घटनास्थलको निरीक्षण गरेपछि यस्तो अभिव्यक्ति दिएकी हुन् ।
संविधानको प्रारम्भिक मस्यौदाको सुझाव संकलनका लागि आयोजित कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघको मूलद्वारमै जनपथ र सशस्त्र प्रहरीले भित्र प्रवेश निषेध गरी बसेको थियो । मूलद्वारबाहिर शान्तिपूर्ण तरिकाले विरोधमा नाराबाजी गर्नेमाथि निर्मतापूर्वक प्रहरी प्रशासन दमनमा उत्रेको थियो । सर्वसाधारण तथा सरोकारवालामाथि भएको त्यो दमन अमानवीय रहेको सर्वत्र कुरा उठिरहँदा राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यान तानिएको हो ।प्रवक्ता अन्सारीले घटनाको अध्ययन अनुसन्धान गरिरहेकी छन् । घाइते, पीडित तथा सरोकारवालासँगको भेटघाटको क्रममा सम्बन्धित दोषीउपर कारबाहीका लागि प्रतिबद्ध रहेकोसमेत प्रवक्ता अन्सारीले जनाएकी छिन् । (सौस)

प्रतिक्रिया