राजबन्दीलाई एमालेको सम्मान

Amale-Photo---Dhankutaधनकुटा, ८ साउन । वाम प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएका धनकुटाका ५९ जना राजबन्दीहरूलाई बिहीबार नेकपा एमालेले सम्मान तथा अभिनन्दन गरेको छ ।

एमाले धनकुटाले सामुदायिक भवनमा कार्यक्रम गरी पञ्चायती व्यवस्थाविरुद्ध लागेर ०४६ सालअघि जेलजीवन बिताई हाल विभिन्न राजनीतिक पार्टीमा क्रियाशील रहेका ४० जनालाई अभिनन्दन गरेको हो । त्यस्तै, बन्दी जीवन बिताएर हाल मृत्यु भइसकेका १९ जनालाई पनि मरणोपरान्त सम्मान गरिएको छ ।
खोकु, छिन्ताङ, आखिसल्लालगायत धनकुटाको वाम प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएका राजबन्दीहरूलाई एमाले उपमहासचिव विष्णु पौडेल, केन्द्रीय सदस्य जीवन घिमिरे, सभासद् उदय नेपाली श्रेष्ठ, महिन लिम्बूलगायतले फुलमालासहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा कांग्रेस नेता आनन्द सन्तोषी राई, एमाले नेताहरू गोपाल गुरागाईं, धर्मराज पौडेल, राजेन्द्र राई, चन्द्र बस्नेत, शकुन्तला बस्नेतलगायतलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रमका अवसरमा विभिन्न पार्टी परित्याग गरी एक सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

प्रतिक्रिया