नयाँ दिल्ली, ६ साउन । भारतको उत्तर–पूर्वी राज्य आसाममा जापानी इन्सेफ्लाइटिस्बाट गएको १० दिनयता १३ जनाको मृत्यु भएको छ । उक्त रोगका कारण थप २२ जना अस्पताल भर्ना भएको बिरामीको उपचारमा संलग्न एक स्वास्थ्य अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
मृतकको सङ्ख्या १३ तथा बिरामीको सङख्या २२ रहेको र उनीहरु सबै आसामको जोरहत जिल्लाका नागरिक रहेको बताएका हुन् ।
दुई अस्पतालमा उपचाररत उनीहरूको १० दिनको बीचमा मृत्यु भएको बताइएको छ । उक्त रोगका कारण बिरामी नागरिकको यहाँस्थित दुई सरकारी र एक निजी अस्पतालमा उपचार भइरहेको छ ।
आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा ती स्वास्थ्य अधिकारीले बताए । उक्त घातक रोगको प्रकोप नियन्त्रण गर्ने प्रयासस्वरुप लामखुट्टेबाट बच्न आसामले करिब ४० हजार झुल वितरण गरेको छ ।
त्यसैगरी स्थानीय सरकारले रोगको प्रकोपबाट बच्नका लागि जानकारीमुलक स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरिरहेको अर्काे एक समाचारमा जनाइएको छ ।
जापानी इन्सेफलाटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, यदी समयमै यसको निदान नगरिएमा उपचारको प्रयास विरलै मात्र सफल हुने गर्छ ।
प्रतिक्रिया