देशविदेशबाट ३३ हजार १६ वटा सुझाव सङ्कलन

Sushil-Koirala-Pmकाठमाडौं, ६ साउन । ‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा’ माथि मङ्गलबार राति १२ बजेसम्म देश तथा विदेशका व्यक्ति तथा विभिन्न सङ्घ सङ्स्थाबाट ३३ हजार १६ वटा सुझाव सङ्कलन भएका छन् ।

संविधानसभा सचिवालयका अनुसार बेवसाइटबाट २० हजार ७२२, इमेलबाट आठ हजार ८००, टोल फ्रि नम्बरबाट दुई हजार ४७१, फ्याक्सबाट एक हजार ८० र सङ्घ संस्था र व्यक्तिले सचिवालयमा आएर सोझै बुझाएका २४३ वटा सुझाव रहेका छन् ।

सचिवालयले साउन ५ गते मङ्गलबार राति १२ बजेसम्मका लागि सुझाव सङ्कलनका लागि समय तोकेको थियो ।

संकलनका लागि पचहत्तर जिल्लाका २४० निर्वाचन क्षेत्रमा सभासद्हरु खटिएर जानुभएको थियो । उनीहरुले सङ्कलन गरेको सुझाव ल्याउने काम सुरु भएको संविधानसभा सचिवालयले जनाएको ।

प्रतिक्रिया